
बुटवल ,साउन ५
आज रुपन्देीमा पछिल्लो २४ घण्टामा ९ जना कोरोनाका संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टाको अवधिमा १४७ जनाको कोरोना परीक्षण गरिएकोमा ९ जनामा संक्रमण देखिएकोे हो । पछिल्लो २४ घण्टामा ३ जना संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामाबुटवल उपमहानगरपालिका, देवदह नगरपालिकामा २–२ जना, सिद्धार्थनगर नगरपालिका, सैनामैना नगरपालिका र शुद्धोधन गाउपालिकामा १–१ जना संक्रमित थपिएका स्वास्थ्य कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टामा जिल्लामा कोरोना संक्रमणबाट कसैको पनि ज्यान नगएको कार्यालयले जानकारी दिएको छ । हालसम्म जिल्लामा ५०६ जनाको कोरोनाबाट मृत्यु भएको छ । जिल्लामा हाल कोरोनाका संक्रिय संक्रमितको संख्या ३३४ रहेका छन्।

