
साउन ८
आजकलको व्यस्त जिन्दगीमा मानिसहरूमा स्ट्रेस र तनाव द्रुत गतिमा बढिरहेको छ । यसले मानिसहरूको निद्रा बिगारिरहेको छ । राम्रो निद्रा नलागेकाले भोलिपल्ट दिनभरि थाकेको अनुभव हुन्छ । राम्रो निद्रा पाएमा नै शरीर स्वस्थ र ताजा रहन्छ । त्यसैले वयस्क व्यक्तिले कम्तीमा आठ घन्टा सुत्नुपर्छ । अनिद्राको समस्या छ भने राति सुत्ने बेलामा तातो दूधमा घ्यू राखेर पिउने गर्नुस् । यसले दिमागका नसाहरू शान्त बनाइदिन्छ । शरीर रिल्याक्स हुन्छ र मूड राम्रो हुन्छ । दूधमा घ्यू राखेर पिउँदा शरीरको पाचनप्रणाली सही रहन्छ । यो पिउँदा शरीरभित्र एन्जाइमहरू रिलीज हुन्छन् र पाचनशक्ति बढ्छ । पेटका समस्या हराउँछन् । घ्यूले हाड पनि बलियो बनाउँछ । तपाईंलाई जोर्नीको समस्या छ भने घ्यू र दूध पिउने गर्नुस् । यसले सुन्निएकोमा पनि आराम दिन्छ ।
दूधमा घ्यू हालेर पिउँदा छाला स्वस्थ र चम्किलो हुन्छ । यो प्राकृतिक मोइस्चराइजर भएकाले छालालाई पोषण दिन्छन् र आद्र्र राख्छन् । दूधमा घ्यू राखेर पिउँदा चाउरी पर्न पाउँदैन र सुक्खापन हराउँछ । यसले शरीरको मेटाबोलिजम बढाउँछ अनि पेटमा ग्यास जम्मा हुन पाउँदैन । मुखमा फोकाफोकी पनि आउँदैनन् । स्रोत लोमान्तर

