नेपाल नियमित रक्तदाता संघ बुद्धभुमी उपशाखा गठन

ByLumbini Darpan Online

९ श्रावण २०७८, शनिबार ०७:४२ ९ श्रावण २०७८, शनिबार ०७:४२ ९ श्रावण २०७८, शनिबार ०७:४२

७ सदस्यीय नेपाल नियमित रक्तदाता संघकाे बुद्धभुमी उपशाखा गठन भएको छ। नेपाल नियमित रक्तदाता संघ कपिलवस्तु का अध्यक्ष माधव घिमिरे को अध्यक्षता तथा नेपाल नियमित रक्तदाता संघ केन्द्रिय अध्यक्ष दया ब सिलवाल को प्रमुख आतिथ्य उपाध्यक्ष लेखनाथ भण्डारी को बिशिस्ट आतिथ्यता मा सम्पन्न कार्यक्रम मा ७ सदस्यीय नेपाल नियमित रक्तदाता संघ बुद्धभुमी उपशाखा गठन भएको छ । कार्यक्रम मा बोल्दै अध्यक्ष माधव घिमिरे ले बुद्दभुमी रक्तदान को दृष्टि ले उर्वर भुमी भएकाले रगतको अभावमा हुने समस्या कम गर्न यो उपशाखा ले महत्वोपूर्ण भुमिका निर्वाह गर्ने बताउनुभयो । केन्द्रिय अध्यक्ष सिलवाल ले रक्तदान महादान भएकोले सबै ले रक्ददान गर्न प्रोत्साहन गर्नुपर्ने बताउनुभयो । त्यस्तै उपाध्यक्ष भण्डारी ले रगतको शोधभर्ना गरेर मात्र रगत पाउने समस्या अन्त्य गर्ने बताउनु भयो । कार्यक्रम का अतिथी मानव अधिकार तथा शान्ती समाज कपिलवस्तु का सभापति गोबिन्द पोख्रेलले सबै सस्थाहरु को समन्वय र सहयोग मा यो सस्था अगाडि बढेको खण्डमा हामी जस्तो सुकै सहयोग गर्न तयार रहेको जानकारी गर्नुभयो । नवनियुक्त अध्यक्ष श्रेष्ठले कृयाशिलताका साथ सस्थालाई अगाडि बढाउने प्रतिबद्धता जनाउनु भयो । नेपाल नियमित रक्तदान संघ कपिलवस्तु का उपाध्यक्ष ,सचीव ,कोसाध्यक्ष,सदस्यहरु र बुद्दभुमी मा कृयाशिल सामाजिक ब्यक्तित्वहरु लगायत ५० बढी ब्यक्तिहरु को उपस्थिति मा सम्पन्न कार्यक्रम सस्थाका सचिव ग्यानहरी न्योपाने ले गर्नुभएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *