रुपन्देहीमा थपिए २६ संक्रमित थपिदा, ३१ जना संक्रमणमुक्त

ByLumbini Darpan Online

१० श्रावण २०७८, आईतवार ११:४४ १० श्रावण २०७८, आईतवार ११:४४ १० श्रावण २०७८, आईतवार ११:४४

बुटवल,साउन १०

रुपन्देहीमा पछिल्लो २४ घण्टामा २६ जना कोरोनाका बिरामी थपिदा ३१ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा १८७ जनाको कोरोना परीक्षण गरिएकोमा २६ जना कोरोनाका बिरामी थपिएका हुन ।
पछिल्लो २४ घण्टामा सैनामैना नगरपालिकामा ९ जना, बुटवल उपमहानगरपालिकामा ६ जना, तिलोत्तमा नगरपालिका र कञ्चन गाउँपालिकामा ३–३ जना, सिद्धार्थनगर नगरपालिकामा २ जना, देवदह नगरपालिका, मायादेवी गाउँपालिका र कोटीमाई गाउँपालिका १ जना संक्रमित थपिएकोस्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

त्यस्तै ,पछिल्लो २४ घण्टामा गरी जिल्लामा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । हालसम्म जिल्लामा ५११ जनाको कोरोनाबाट ज्यान गइसकेको छ । जिल्लामा हाल कोरोनाका संक्रिय संक्रमितको संख्या ३४७ रहेको छन्।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईले छुटाउनुभयाे कि?