
लुदस, काठमाडौं साउन १०
पछिल्लो २४ घण्टामा थप २२३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा १३८३४ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा २२३७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
त्यस्तै यस अवधिमा २०५० जना निको भएका छन् भने १८ जनाको मृत्यु भएको छ। हालसम्म ९ हजार ७१३ जनाको कोरोनाबाट मृत्यु भएको छ।

