काठमाडौं,कार्तिक १
पछिल्लो २४ घण्टामा थप ५९१ जनामा कोरोना संक्रमण पुष्टि हुदाँ ९३७ जना संक्रमणमुक्त भएका छन । र पीसीआर र एन्टीजेन गरी ९६९७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हाल सक्रिय संक्रमितको संख्या ११ हजार ८७४ जना रहेको छ ।पछिल्लो २४ घण्टामा ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।


















