ताजा अपडेट

बुटवलमा एजुकेशन ट्रि ग्लोवलको नयाँ शाखाः विदेश अध्ययन चाहने विद्यार्थीलाई लक्षित सेवा प्रारम्भ

भूमि आयोग खारेजीविरुद्धको रिटको पेसी आज, अन्तरिम आदेशबारे निर्णय हुने

केन्द्रीय अध्यक्ष थापाद्धारा कपिलवस्तुमा लोक तथा दोहोरीगीत प्रतिष्ठानको कार्यालय उद्घाटन

१४ औं कपिलवस्तु डान्स आईडलका लागि १५ जना छनौट, नृत्यमा आकर्षण बढ्दो

विदेशीलाई शरण दिनेसम्बन्धी फैसलामा ट्रम्पको रोक

एघारौँ महाधिवेशनका लागि एमालेले आज देशैभरि प्रतिनिधि छनौट गर्दे

हिलबर्ट स्कुलमा कुशल अभिभावकीय कला अभिप्रेरणात्मक तालिम प्रदान

लुम्बिनी भिजन कलेजका समृद्ध ज्ञवाली जिल्ला प्रथम

आफ्नै क्लिनिक मार्फत स्वदेशमा सम्भावना खोज्दैः रुचिका

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

महिलाहरु आफ्नो अधिकारका लागि शसक्त भएर लाग्न आवश्यक : सांसद घिमिरे

लुम्बिनी दर्पण २०७८ मंसिर २०, सोमबार १३:२४
[sharethis-inline-buttons]

पार्बती आचार्य, कपिलबस्तु
“घरैबाट शुरु गरौं, महिंला हिंसा अन्त्य गरौं” भन्ने नाराका साथ लैंगिक हिंसा
बिरुद्धको १६ दिने अभियान सम्बन्धि अन्तरक्रिया कार्यक्रम बिजयनगरम सम्पन्न भएको छ । कार्यक्रमलाई संबोधन गर्दै राष्ट्रिय सभा सदस्य बिमला घिमिरेले महिलाहरु आर्थिक र समाजिक रुपमा सक्षम हुनसके महिलामाथि हुने बिभिन्न लैंगिक हिंसाहरु कम हुँदै जाने बताएकी छन् । हिंज भन्दा आज महिलाहरुमा परिबर्तन हुँदै आएको भन्दै महिला दिदी बहिनीहरु आफ्नो अधिकारका लागि शसक्त भएर लाग्नुपर्नेमा जोड दिएकी थिईन् ।

उनले महिला भएकै कारण महिला दिदी बहिनीहरुले बिभिन्न यातनाहरु सहन बाध्य भएको हुँदा जुनसुकै पार्टी भित्र भएपनि आफ्नो भुमिका खोज्न आग्रह गरिन् । समाज परिबर्तनका लागि सबै महिला दिदी बहिनीहरु सक्रिय भएर लाग्न आग्रह गर्दै यस क्षेत्रका महिलाका समस्याहरुलाई समाधान गर्नका लागि आफ्नो तर्फबाट हुने सहयोगका लागि राष्ट्रिय सभा सदस्य घिमिरेले प्रतिबद्धता समेत ब्यक्त गरिन् ।

यस्तै गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले लैंगिक हिंसा न्युनिकरणका लागि बिभिन्न सचेतना मुलक कार्यक्रमहरु संचालन गर्दै आएको बताए । जिल्लाको दुर्गम क्षेत्रको रुपमा मानिने यस बिजयनगर गाउँपालिकाका महिलाहरुलाई सक्षम बनाउन गाउँपालिका लागि परेको बताउँदै महिला लक्षित कार्यक्रमहरु गर्दै आएको जानकारी दिए ।

यसैगरी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी चौधरीले लैंगिक हिंसा न्युनिकरण गर्न महिलाहरुले आत्मबल बढाउनुपर्ने बताईन् । अगाडी बढ्न खोज्ने महिलाहरुलाई कसैले खुट्टा तान्न खोज्यो भने पनि त्यसलाई चिरेर हिम्मत लिएर अगाडी बढ्न महिला दिदी बहिनीहरु लाई आग्रह गरिन् । महिलाहरुलाई सक्षम बनाउन गाउँपालिका प्रतिबद्ध रहेको उपाध्यक्ष चौधरीले जनाईन् ।

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत गोबिन्द भट्टराईले लैंगिक हिंसा न्यूनिकरण गर्न अफू बाट नै शुरुवात गर्नुपर्ने बताए । पहिला आफू सचेत भए घर , छिमेक , समाज हुँदै सिंगो गाउँ परिबर्तन गर्न सकिने भएको हुँदा यस अभियानमा सबै एकजुट हुनुपर्ने बताए ।

यस्तै इन्सेक प्रतिनिधी तथा संचारिका समुहका जिल्ला शाखा अध्यक्ष पार्बती आचार्यले आर्थिक रुपमा महिलाहरु बलियो भएमा लैंगिक हिंसा कमी हुने बताईन् । उनले अधिकार प्राप्त गर्न महिलाहरु एकजुट भएर लाग्नुपर्नेमा जोड दिएकी थिईन् । यसैगरी ईलाका प्रहरी कार्यालय गणेशपुरका सहायक प्रहरी निरीक्षक नारायण बिकले महिला माथि हुने बिभिन्न हिंसाका बारेमा जानकारी दिएका थिए ।

कार्यक्रममा सहभागि नवदुर्गा महिला समूहका अध्यक्ष गिता तिवारी , महिला संजालका सदस्य प्रमिला पौडेल , ईन्दु पौडेल र गिता कोरी लगाएतले महिला भएकै कारण हिंसा भोग्दै आउनु परेको बताए । समाजमा अझै पनि पितृ सतात्मक सोचको हाबी कायमै रहेको हुँदा महिलाहरुले केही काम गर्न सक्दैनन भन्ने र हेपाहा दृष्टिले हेर्ने दृष्टि कायमै रहेको हुँदा अधिकार संगै कर्तब्य पनि पुरा गर्नका लागि महिलाहरु एकजुट हुन आबश्यक भएको सहभागि महिलाहरुले बताएका छन् ।

कार्यक्रम गाउँपालिका महिला संजालका अध्यक्ष सुनिता चौधरीको अध्यक्षतामा संजालकी सदस्य प्रमिला पौडेलको स्वागत तथा महिला तथा बालबालिका शाखाका कम्प्युटर अप्प्रेटर राधिका सापकोटाको संचालनमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा गाउँपालिका द्वारा गठन गरिएको महिला समुहका अगुवाहरु , सहकारीका सदस्यहरु , महिला संजालका प्रतिनिधीहरु लगाएत १ सय ६० जना बढीको सहभागिता रहेको थियो । बिजयनगर गाउँपालिकाको आयोजना तथा ईन्द्रेणी ग्रामिण बिकास केन्द्र गोरुसिंगें र दलित सामाजिक बिकास केन्द्रको सहकार्यमा बिजयनगर गाउँपालिकामा कार्यक्रम सम्पन्न गरिएको हो ।


प्रकाशित : २०७८ मंसिर २०, सोमबार १३:२४

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी भिजन कलेजका समृद्ध ज्ञवाली जिल्ला प्रथम
  • आफ्नै क्लिनिक मार्फत स्वदेशमा सम्भावना खोज्दैः रुचिका
  • महेन्द्र मा. वि काे ६५ औ बार्षिकाेत्सव सम्पन्न
  • कपिलवस्तु व्यापार मेलामा आज गायक श्याम राना र गायिका अस्मिता डल्लाकोटी आउदै
  • सव डिभिजन प्रमुख मिश्र सहित दुई वरिष्ठ वन अधिकृत मन्त्रालयमा तानिए
प्रतिक्रिया

यो पनि पढौँ

बुटवलमा एजुकेशन ट्रि ग्लोवलको नयाँ शाखाः विदेश अध्ययन चाहने विद्यार्थीलाई लक्षित सेवा प्रारम्भ

केन्द्रीय अध्यक्ष थापाद्धारा कपिलवस्तुमा लोक तथा दोहोरीगीत प्रतिष्ठानको कार्यालय उद्घाटन

विदेशीलाई शरण दिनेसम्बन्धी फैसलामा ट्रम्पको रोक

लुम्बिनी भिजन कलेजका समृद्ध ज्ञवाली जिल्ला प्रथम

आफ्नै क्लिनिक मार्फत स्वदेशमा सम्भावना खोज्दैः रुचिका

प्रथम डान्स स्टारबाट छैठौं दिनसम्म १९ प्रतिस्पर्धी बाहिरिए, ११ जना प्रतिस्पर्धामा

महेन्द्र मा. वि काे ६५ औ बार्षिकाेत्सव सम्पन्न

१६ औं कपिलवस्तु महोत्सव सफल पार्न पत्रकारलाई वेलफेयरको अनुरोध

१६ औं कपिलवस्तु महोत्सवमा ‘मम्मी डान्स प्रतियोगिता’ हुने

हिमाली सहकारीको १८ औं बार्षिक साधारण सभा: उत्कृष्ट शेयर सदस्य सम्मानित

मधेश प्रदेशका सभामुख मण्डल पदमुक्त

केही नेताका द्वेषपूर्ण शब्दावलीले राजनीतिक र सामाजिक वातावरणलाई दूषित बनायो : प्रधानमन्त्री कार्की

भर्खरै

  • बुटवलमा एजुकेशन ट्रि ग्लोवलको नयाँ शाखाः विदेश अध्ययन चाहने विद्यार्थीलाई लक्षित सेवा प्रारम्भ

  • भूमि आयोग खारेजीविरुद्धको रिटको पेसी आज, अन्तरिम आदेशबारे निर्णय हुने

  • केन्द्रीय अध्यक्ष थापाद्धारा कपिलवस्तुमा लोक तथा दोहोरीगीत प्रतिष्ठानको कार्यालय उद्घाटन

  • १४ औं कपिलवस्तु डान्स आईडलका लागि १५ जना छनौट, नृत्यमा आकर्षण बढ्दो

  • विदेशीलाई शरण दिनेसम्बन्धी फैसलामा ट्रम्पको रोक

  • एघारौँ महाधिवेशनका लागि एमालेले आज देशैभरि प्रतिनिधि छनौट गर्दे

  • हिलबर्ट स्कुलमा कुशल अभिभावकीय कला अभिप्रेरणात्मक तालिम प्रदान

  • लुम्बिनी भिजन कलेजका समृद्ध ज्ञवाली जिल्ला प्रथम

  • आफ्नै क्लिनिक मार्फत स्वदेशमा सम्भावना खोज्दैः रुचिका

  • प्रथम डान्स स्टारबाट छैठौं दिनसम्म १९ प्रतिस्पर्धी बाहिरिए, ११ जना प्रतिस्पर्धामा


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech