काठमाडौं, बैशाख १०
नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले फागुनभित्रै स्थानीय तहको चुनाव हुने बताएका छन । फागुन महिनामा चुनाव हुने भएकोले त्यसको तयारीमा जुट्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन्।बालुवाटारमा शुक्रबार बसेको महाधिवेशन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्ने क्रममा ओलीले यस्तो निर्देशन दिएका हुन्। प्रधानमन्त्री ओलीले फागुनभित्रै स्थानीय तहको चुनाव हुने भएकोले सबै कमिटीहरु परिचालित गर्न निर्देशन दिएका हुन्। ओलीले कोरोना महामारीबाट जोगिन र आमनागरिकलाई बचाउने अभियानमा पार्टी पंक्ति परिचालित हुन पनि निर्देशन दिएका छन् । उनले पार्टी एकता बचाउन र पार्टीलाई सुदृढ गर्न आफू दिनरात खटेपनि केही व्यक्तिहरू अराजक ढंगले लागेको जानकारी दिए। अहिले पनि केही व्यक्तिहरू अराजक ढंगले लागेका छन् । पार्टीकै नेताहरूविरुद्ध विष वमन गर्ने, सरकारको आलोचना गर्ने, आन्दोलनका इमानदार पंक्तिलाई बदनाम गराउन समाप्त गर्ने हिसाबले लागेका छन्,’ ओलीको भनाई थियो ।
पार्टी खोस्ने ढँगले कोही आउँछ भने त्यसलाई मौका नदिइने पार्टी खोस्ने ढंगले कोही आएको हो त्यो सम्भव छैनप्रधानमन्त्री ओलीले बताए। कम्युनिस्ट पार्टी नयाँ उचाइ र सान र गौरवका साथ अगाडि बढ्छ , यसको नेतृत्व र पहल एमालेले गर्नेछ ’,उनले भने ।



















