
पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणदर करिब दोब्बर भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभर २ हजार ४ सय ४४ जना कोरोना संक्रमण पुष्टि भएको छ । हिजो देशभर कोरोना संक्रमितको सङ्ख्या १४४६रहेको थियो । थोरै संख्यामा परीक्षण बढाउँदा संक्रमितको संख्या झण्डै दोब्बर भएको हो। मन्त्रालयको विवरण अनुसार १५ हजार ३३ जनामा गरिएको पिसिआर तथा एन्टिजेन परीक्षणमा २ हजार ४ सय ४४ जना संक्रमित थपिएका हुन । आज कोरोनाबाट एक जना संक्रमितको मृत्यु भएको छ भने ३ सय १३ जना संक्रमित निको भएका छन् । हाल देशभर ९ हजार ५ सय २२ जना सक्रिय संक्रमित रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।