नेपाल स्काउट लुम्बिनी प्रदेश तदर्थ समितिको चौथोे पूर्ण बैठक

[sharethis-inline-buttons]

लुदअ, कपिलवस्तु
नेपाल स्काउट लुम्बिनी प्रदेश तदर्थ समितिको चौथोे पूर्ण बैठक सम्पन्न सम्पन्न भएको छ । बैठकमा लुम्बिनी प्रदेश स्काउटले प्रत्येक जिल्लामा कसरी काम गरेको छ, गरेको कामको प्रभाव स्थानिय निकाय समाजमा कस्तो परेको छ लगायतको विषयमा समिक्षा भएको थियो भने यता आर्थिक वर्ष २०७९/८०को बजेट तथा कार्यक्रम, २०७८/७९को आन्तरिक लेखापरिण, २०७८/७९ को वार्षिक प्रतिवेदन, सदस्यता बृद्धि,स्थानिय रणनितीक योजना कार्यक्रम लगायतको वार्षिक कार्ययोजनाको महत्वपुर्ण विषयमा छलपल भएको थियो ।

बैठकमा नेपाल स्काउट राष्ट्यि तदर्थ समितिका सदस्य तथा लुम्बिनी प्रदेश ईन्चाज शिब भण्डारीले कार्यक्रमलार्ई सम्बोदन गदै विश्वकै सबैभन्दा बढी बालबालिका, युवायुवती संलग्न रहेको संस्था स्काउट भएको बताउदै समाज परिवर्तनमा स्काउटको महत्वपर्ण भुमिका रहेको बताउनु भयो । जति धेरै शिक्षकलाई स्काउट तालिम दिन सकिन्छ उति सङख्यमा स्काउट उत्पादन गर्न सकिने बताउदै हरेक विद्यालयमा टु«प सञ्चालन गर्न आवश्यक रहेको राष्ट्यि तदर्थ समितिका सदस्य भण्डारीले तर्क गर्नु भयो । स्थानिय निकायमा स्काउटको प्रशिक उत्पादन गर्न आवश्यक रहेको उहाँले भनाई छ ।

लुम्बिनि प्रदेशका संयोजक दिनानार्थ भट्राईले स्काउट बोलेर भन्दा पनि काम गरेर देखाउने संस्था भएको हुर्दा जिल्लामा पाएको जिम्मेवारी पुरा गर्न तदर्थ समितिलाई आग्रह गर्नु भयो । अन्य प्रदेशको तुलनामा लुम्बिनि प्रदेश सामाजिक किर्याकलापले अबल सावित भएको बताउदै अब लुम्बिनि प्रदेशमा प्रदेश कार्यलय बनाउने गरि अगाडी बढ्ने उहाँको भनाई थियो । नेपाल स्काउटले प्रदेश सरकार, स्थानिय निकाय र शिक्षा डिभिजन सँग सहकार्य गरेर अगाडी बढ्ने बताउदै स्काउट विकास र विस्तारमा लाग्ने प्रदेश संयोजक भट्राईले बताउनु भयो ।
उक्त बैठकमा सल्लाकार सुमन गोपाल आचार्य, लुम्बिनी प्रदेश तदर्थ समितिले गरेको काममा सधै साथ दिने बताउनु भयो । प्रदेश संयोजक दिनानाथ भट्राईको अध्यक्षमा भएको बैठकको सञ्चालन प्रदेश कार्यलयका अधिकृत तारा पुरिले गर्नु भएको प्रदेश सदस्य भगवती न्यौपानेले जानकारि दिनु भयो । बैठकमा प्रदेशका तदर्थ समितिका सदस्यहरुको स उपस्थिति रहेको थियो ।

नेपाल स्काउटको जिल्लागत रुपमा भएको सम्पत्ति र दायित्वलाई एकीकृत गरि प्रदेश मातहत ल्याइ सकिएको र त्यसको संरक्षण , ब्यबस्थापन र मर्मत सम्भार गर्ने गरि बजेटको ब्यबस्थापन गरिएको बताउदै आगादिनमा प्रदेश सरकार संग समन्वय गरि प्रदेश स्काउट लुम्बिनी प्रदेश्को छुट्टै प्रदेश कार्यलय संगै बहुउद्देश्यीय भवन बनाउने लक्षय रहेको संयोजक भट्राईले बताउनु भयो । कार्यक्रम कपिलवस्तुको पर्यटकिय स्थल राजापानीमा सम्पन्न भएको थियो ।


प्रकाशित : २०७९ श्रावण २७, शुक्रबार ०७:१९