युवा नेता पन्थीको उमेद्वारी चर्चा, असल नेतृत्वका लागि टिकट दिनुपर्ने दवाव

[sharethis-inline-buttons]

लुदस,बुटवल 

देशमा विभिन्न ठाउँमा युवा उम्मेदारहरु मैदानमा आउने चर्चा चलिरहेको छ । खाँस गरी हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा केही युवा उम्मेदवारले जिते पछि दलहरूलाई प्रदेश सभा र सङ्घीय सांसदमा युवा लैजानुपर्ने दबाब वृद्धि भएको छ ।
रुपन्देहीमा पनि विभिन्न दलका युवाहरू चर्चासँगै नेकपा एकीकृत समाजवादीका युवा नेता महेश पन्थीलाई प्रदेश सांसद बनाउनको पार्टी भित्र र बाहिरबाट दबाब बढ्दै गएको छ ।

पार्टीमा प्रदेश सदस्य रहेका पन्थीलाई रुपन्देहीको क्षेत्र नम्बर ५ (क) गठबन्धनबाट उम्मेदवार बन्ने सम्भावना धेरै नजिक पुगेको गठबन्धन दलका प्रदेशस्तरीय नेताहरूको खुलाएका छन् ।
पार्टीका केन्द्रीय नेतृत्वसँग राम्रो पहुँच र स्थानीय जनतासँग सामाजिक सेवा मार्फत जोडिएका पन्थीलाई गठबन्धनबाट उम्मेदवार बनाउँदा जित्ने आधार सहित गठबन्धन दलका नेताहरू बिच पटक पटक छलफल भएको छ ।

सत्ता गठबन्धनका भित्र रुपन्देही क्षेत्र २ मा सङ्घीय सांसदको रूपमा राजु गुरुङले र ५ (क) पंन्थीले नेकपा एकीकृत समाजवादी पार्टीबाट दाबी गरिरहेका छन् ।

समाजवादीका एक नेताका अनुसार प्रतिनिधिसभा तर्फ रुपन्देही-२ र प्रदेश तर्फ ५ (क) निश्चित जस्तै भैसकेको छ ।

पुर्ख्यौली
घर अर्घाखाँचीको मालारानी ५ बागी भएका पंन्थी सानैदेखि राजनीति लागेका हुन् । २०४२ सालमा जन्मिएका उनले शान्ति माध्यमिक विद्यालयमा अध्ययन गर्दा नै राजनीतिमा लागेका हुन् । हक्की र निडर स्वभावका उनी माओवादीको भातृ सगठन अखिल कान्तिकारीका सदस्य कक्षा ८ पढ्दा नै लिएका आफ्नो राजनीति सुरुवात गरेका थिए ।

जुन वेलामा देशमा सङ्कटकाल लाग्ने लाग्दै थियो । राजनिति लागेपछि पटक पटक कष्ट समेत दिएको छ ।
उनलाई २०५८ सालमा प्रहरीको निगरानीबाट एसएलसी दिएर प्रथम श्रेणीमा उत्तीणर् भएका थिए । त्यो बेला उक्त अखिल कान्तिकारी अर्घाखाँचीमा जिल्ला सदस्य समेत काम गरेका थिए । एसएलसीपछि अध्ययनको लागि बुटवल बहुमुखीमा भर्ना भएका थिए । आईएस्सी अध्ययन गर्दा २०५९ । ६० मा अखिल कान्तिकारीको रुपन्देहीको जिल्ला कमिटी सह सचिव भए ।

,यस्तै एरिया नम्बर ३ को सचिव भएर काम गरेका थिए । अध्ययन पछि विभिन्न सामाजिक क्षेत्र मार्फत राजनीतिलाई लाई आगडि बढाएका पन्थीले हाल नेकपा एकृकित समाजवादीका प्रदेश कमिटी सदस्यको जिम्मेवारीका रहेका छन् । प्रदेशको निर्वाचनमा पन्थीले आफ्नो पार्टी राजनीतिको सर्घष , ज्ञान , तथा विभिन्न देशको भ्रमणले लिएको अनुभव मार्फत आफ्नो क्षेत्रमा विकास नयाँ खाका अगाडि बढाउने योजनामा रहेको बताए । उनले व्यक्तिगत इच्छा भन्दा पनि केन्द्रीय नेतृत्व र स्थानीय बुद्धिजीवीहरूको आग्रहमा आफू निर्वाचनको मैदानमा जान लागेको बताए ।


प्रकाशित : २०७९ आश्विन ७, शुक्रबार ११:२७