तिलोत्तमा नगरपालीकामा सार्बजनिक सुनुवाइ सम्पन्न

[sharethis-inline-buttons]

तिलोत्तमा
असोज १४
जनप्रतिनिधिको सहकार्यले मात्र तिलोत्तमा नगरको बिकाशको कल्पना गर्न सकिने एक कार्यक्रमका बत्ताहरुले बताएका छन । देशकै उकृष्ट नगर भएर पनी अझै जनताका केही बिषय सम्बोधन गर्न बाकी रहेको भन्दै आबस्यकताका आधारमा अगाडी बढन उनिहरुले नगरलाई सुझाव दिएका छन ।
तिलोत्तमा नगरपालीकाको आयोजना तथा लुम्बिनी मिडिया हवको सहकार्यमा आज सम्पन्न सार्बजनिक सुनुवाइमा नगरबासी सो सुझाव दिएका हुन । कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालीकाका नगर प्रमुख रामकृष्ण खाणले केन्द्र, प्रदेश र नगरको बजेट बाटै नगरको बिकाश गर्न सकिने भन्दै ५ बर्ष भित्र नगर लाई सम्पन्न नगर बनाउने दाबि गरे । उनले नगरिकका आबस्यकता अनगीन्ती हुने भन्दै आबस्यकताको आधारमा काम सम्पन्न गरिने बताए ।


नगरबासीका गुनासा सम्बोधन गर्दै नगर उपप्रमुख जागेश्वरी चौधरी निर्बाचनका बेला गरेका प्रतिबद्धता पुरा गरिने बताइन । उनले सबै पार्टीको उदेश्य नगरको बिकाश नै भएको भन्दै बिकाशमा हातेमालो गर्नुको बिकल्प नरहेको बताइन ।
कार्यक्रममा आ .ब २०७८।०७९ को प्रगति प्रतिबेदन प्रस्तुत गर्दै प्रमुख प्रसासकिय अधिकृत नारायण अर्यालले अधिल्लो आ .ब मा ७१ प्रतिशत बजेट कार्यन्यन गर्न सफल भएको बताए । नागरिकका गुनासोको संम्बोधन गर्दै नागरिकका समस्याको सम्बोधन गरिने दाबि गरे ।
सार्बजनिक सुनुवाइ कार्यक्रममा जनताले उठाएका जिज्ञाशाको तिलोत्तमा १ का अध्यक्ष फसुराम गीरी , इन्जीनियर प्रदिप वन , हरियाली प्रर्बधन संयोजक गोरखनाथ खनाल लगायतले सहभागीले उठाएका जिज्ञासाको जवाफ दिएका थिय । तिलोत्तमा नगरपालीकाका शिक्षा शाखा प्रमुख गंगाराम आर्चायको स्वागत तथा लुम्बिनी मिडिया हवका कार्यालय प्रमुख प्रकाश गौतमको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।


प्रकाशित : २०७९ आश्विन १४, शुक्रबार १८:१५