रूपन्देही २ मा सत्ता गठबन्धनबाट राजु गुरुङले दिए उम्मेदवारी

[sharethis-inline-buttons]

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ मा रूपन्देही क्षेत्र नं २ मा सत्तारुढ गठबन्धनको तर्फबाट राजु गुरुङले उम्मेदवारी दर्ता गराएका छन्। उनी एकीकृत समाजवादीका नेता हुन्।

प्रदेशसभातर्फ क मा नेपाली कांग्रेसका दिर्घबहादुर केसी कुमारु र ख मा माओवादी केन्द्रका बामदेव क्षेत्री घिमिरेले उम्मेदवारी दर्ता गराएका छन्।

रुपन्देही क्षेत्र नं २ मा यस अगाडि एमाले उपाध्यक्ष विष्णु पौडेलले उम्मेदवारी दिएका छन्। प्रदेशसभातर्फ क मा लिला गिरि र ख मा भोजप्रसाद श्रेष्ठले उम्मेदवारी दिएका छन्।


प्रकाशित : २०७९ आश्विन २३, आईतवार १७:१४