राजु गुरुङको उम्मेदवारी खारेजी फिर्ता गर्न गठबन्धनका दलहरुले माग

[sharethis-inline-buttons]

बुटवल ।

सत्तारुढ दलका तर्फबाट रुपन्देही क्षेत्र नं।२ मा उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेजी फिर्ता गर्न गठबन्धनका दलहरुले माग गरेका छन् ।

नेपाली कांग्रेसका लुम्बिनी सभापति पर्शुराम ढकाल, माओवादी केन्द्रका केन्द्रीय सदस्य गोविन्द केसी, नेकपा एसका रुपन्देहीका उपाध्यक्ष चिनबहादुर गुरुङ, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष पदम श्रेष्ठ र नेपाल समाजावादी पार्टीका केन्द्रीय सदस्य हरि घर्तीले संयुक्त हस्ताक्षर गर्दै ज्ञापन पत्र बुझाएका हुन् ।

उनीहरुले गुरुङको उम्मेदवारी खारेजी नसच्याए भोलि हुने परिणामको जिम्मा निर्वाचन अधिकृतले नै लिनुपर्ने चेतावनी पनि दिएका छन् ।


प्रकाशित : २०७९ आश्विन २६, बुधबार १८:४४