अबको बिकाश भारतको सिमाबाट सुरु गरिने दाबि छबिलाल । आशिस

[sharethis-inline-buttons]

कार्तिक २९

प्रकाश गौतम

ने क पा एमालेका सचिव एवम रुपन्देही क्षेत्र न १ का उम्मेद्धार छबिलाल बिश्वकर्माले अबको बिकाश भारतको सिमाबाट सुरु गरिने दाबि गर्नु भएको छ ।

रुपन्देहीको उत्तरी क्षेत्रको तुलनामा दक्षिण क्षेत्रमा बिकाशका काम कम भएको भन्दै अब बिकाशको गति दक्षिण बाटै अगाडि बढाउने बताउनु भएको हो । रुपन्दहीको क्षेत्र न १ को ओमसतिया ६ मा घरदैलौ पछी आयोजित कोण सभालाई सम्बोधन गर्दै उहाले सो बिषयमा जोड दिनु भएको हो । उहाँले जनताका आबस्यकता धेरै भएको भन्दै जनताका आबस्यकताका आधारमा बिकाशका कामलाई अगाडि बढाउने बताउनु भयो ।

कार्यक्रममा रुपन्देहि क्षेत्र न १ क का एमाले राप्रपा तथा जसपाका साझा उम्मेद्धार आशिस चौधरीले आफु जनताका माग सम्बोधन गर्न तयार रहेको दाबि गर्नु भयो । घरदैलो कार्यक्रममा उहांले घरदैलौ कार्यक्रम जनता उत्साहीत भएको भन्दै रुपन्देहि क्षेत्र न १ मा एमाले राप्रपा तथा जसपाका जित सहज भएको दाबि गर्नु भयो ।


प्रकाशित : २०७९ कार्तिक २९, मंगलवार १८:३३