ताजा अपडेट

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

बितेका दिन, बाँचेका अनुभूति

प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

बुटवलको विकासमा तीन उपाय

लुम्बिनी दर्पण २०७९ चैत्र १३, सोमबार १०:३३
[sharethis-inline-buttons]

 

  विमलराज भट्टराई
जुलुस धर्ना दिएर वा सामाजिक सञ्जालमा आक्रोश पोखेर मुलुक बन्दैन । यो ठाउँ र देशको विशालता र विषमतालाई बुझ्न र सम्बोधन गर्न सक्नुपर्छ । त्यसो गर्न सकिन्छ । जबसम्म नेपाली जनताको गाँस, बास र कपासको समस्याको समाधान गरिँदैन, तबसम्म उनीहरूले हामीले दिन खोजेको सुशासन र विकासका कुरा सुन्दैनन् र विश्वास पनि गर्दैनन् ।

बुटवलमा पार्कहरू धेरै छन । मणिमुकुन्द सेनपार्क हिलपार्क पिसपार्क रामापिथेकस पार्क आदि आदि। आबश्यकता टिपीकल बुटवल पार्कको छ। हाम्रो बिकासले जनतालाई छुन सकोस्। बहूआयामिक पनि हुन सकोस्। अनि मात्र नगरबासी र यात्रा मा यात्रुले महसुस गर्न सक्छन् । बुटवलको बाटोमा बरपिपल स्वामी पाकरी चौतारी  प्रसस्त मात्रामा थिए तर अहिले मुलबाटोमा कहि कतै छैनन्। राजमार्गमा कसरी राख्ने ज्ञान भएन राखेनन् । बर्षौं सितल छहारी दिने बर पिपल स्वामी मास्नु हुन्थेन । नेपाली ईन्जिनियरिङ् सग मेरो गुनासो छ। बुटवल झरेको नब आगन्तुक पाहुना कहा उभिने ? आफ्नो आफन्त र गन्तव्य सहजरुपमा कहाँ कसरी भेटिने अन्योलमा पर्ने गरेकाछन् । हाम्रा शहर काठमाडौं हिड्दाको अनुभब यस्तो छ। कलंकीमा बस्यो : दाइ, चितवन हो? कोटेश्वरमा बस्योः दाइ, सिन्धुली बर्दिबास हो ? सुन्धारामा बस्यो ः दाइ, होटेल हो ? कालिमाटीमा बस्यो : दाइ, श्रम बनाउनु पर्ने हो ? घण्टा घरछेउ बस्यो : दाइ, पुलिस रिपोर्ट हो ? रत्नपार्कमा बस्यो : दाइ, जाने हो ? यो काठमाडौंमा झोला बोकेर उभिने ठाउँ पनि छैन पार्क पनि छैनन् ।

त्यस्तै समस्या बुटवलमा पनि छ। यसको निराकरणको बिकल्प बुटवल बासीले दिनुपर्छ । बुटवल शहर मानव मैत्री यात्रु मैत्री हुन पर्दछ। यस्को एउटा सहज उपाय यो हुन सक्छ। मानब चेतना सहित जमिन माथीको चैतन्यपार्क- बुटवल छ महेन्द्रपार्क बिचमा बुटौली स्मार्टपार्क निर्माण गर्न सकिन्छ । जहा हातमुख धुन र पिउन शुद्ध पानी मिलोस्।सफा शौचालय प्रयोग गर्न सकिने होस।भोक मेटाउन चाहनुहुन्छ भने सफा स्वास्थ्यकर चमेनागृह फास्ट फूडकोर्ट चिया कफी सप होउन् । निःशुल्क इन्टरनेटको सुविधा उपलब्ध होस्।जहा उचित मूल्यमा समान बिक्री वितरण गर्दै बुटवल उत्रने जो कोही आगन्तुक खुशी हुन सकुन्। नगरबासी ले साझ बिहान स्वच्छ वायु लिन र टहलिन पाउन। अंन्चल अस्पताल का बिरामी र कुरुवा ले पनि यस्को फाईदा प्राप्त गरुन। यस्को समाधान हालको महेन्द्र पार्क पुष्पलाल पार्क माथी ५००० स्क्वायर फिट फराकिलो आकासे पूल बनाउने र महेन्द्र पुष्पलाल, विपी र सूर्य प्रसाद प्रधानको चार दिशामा शालिक राख्न् सकिन्छ। गर्मीयाममा साझबिहानको सितल हावा लिन र जाडो याममा घाम ताप्न ५०० वटा सुविधायुक्त बस्ने कुर्ची राख्ने दहीलशी , फलफूल र केही कफीसेन्टरका ४ वटा पसल चारवटा फास्ट फुड कवल एक आधुनिक सूचना केन्द्र सुरक्षा कर्मी राखी रात्री पर्यटनलाई समेत हुने गरी बुटवल को विकास गर्न थालनी गरौ ।

एक दुई घन्टा समय बिताउन यो अति प्रभावकारी माध्यम बनाउन सकिन्छ । द्रुतगतिमा यस्को निर्माण गर्ने व्यवस्थालाई सहज उपाय निकल्न ढिला गर्नु हुन्न। यो बटौली को पहिलो अतिथी सत्कार हुनेछ। सिसि क्यामरा जडानसँगै संदिग्ध क्षेत्र क्यामेराको सुरक्षा भित्र छ भन्ने हुन्छ, जसले घटना तथा अपराधहरु चोरी, लुटपाट, सवारी दुर्घटना नियाल्न र न्यूनिकरण गर्न ठूलो हात सिसी क्यामराको हुने गर्छ । प्रहरी देख्दा नियम मान्ने, नदेख्दा नियम उलङ्घन गर्ने प्रवृत्तिको अन्त्यका लागि पनि सिसि क्यामरा सहयोगी हुनेछ ।यस स्थानलाई सुरक्षित, मर्यादित ब्यबस्थित तथा पारस्परिक लाभको क्षेत्र बनाएर बुटवल देशकै नमुना र अन्य शहरहरुले अनुकरण गर्ने उद्धारणिय शहर बन्न सक्छ।

बुटवल उपमहानगरपालिकाका सबै नागरिकहरु एक वार्ड वाट अर्को वार्ड जान सस्तो र शुलभ सार्वजनिक सिटीबस सन्चालन गर्न जरूरी छ। जस्तो की रिंगरोड होस् वसपार्क- चौराह-जोगीकटी मगरधाट मोतीपुर, दुबौली हिरापुर केदली सेमलार तामनगर फूलवारी- बुटवल हाईस्कूल गोलपार्क लक्ष्मीनगर चादवारी हिलपार्क आम्दा राम नगर ब्यारेक – चौराह वसपार्क आउने गरी सहज यात्रा हुन सक्नेगरी ब्यबस्था गरौ।यसले गाउघरका उत्पादनहरू शहरमा लैजान सहज र सरल हुन्छ। विद्यार्थी शिक्षक कर्मचारी मजदुर सवै लाभान्वीत हुनेछन्।बाटो पनि तयारै छ । मात्र कार्यान्वयन आबश्यक छ।लक्ष्मी नगर देखी चादवारी पुन सम्म बाये स्तरोन्ती गरी एक तफी संचालन गरे पुग्छ । धेरै समय र खर्च लाग्दैन कुरैएक कंपनीने यातायात संचालन गरे नगरवासीले सुविधा पाउने छन गाऊ र शहरको सामिप्यता बढने छ । यो रुटबाट रोजगारीमा पनि वृद्धी हुनेछ।

मुख्य अर्को समस्या खानेपानी जुन दशकौ देखी जनतालाई भोग्न वाध्य बनाइएको छ । झुम्सा खानेपानी ज्वलन्त उदारण हो। यसको हल भुगर्भ सास्त्रीहरुले डिप वौरीङ्ग, भुगर्भएक्सरे बाट पानीको श्रोत पत्ता लगाई छिटो छरितो पानी निकाल्न सक्ने रहनेछन्। उनीहरुले वसन्तपुर डाँडोमा, पानी निकाली प्रमाणित गरि सकेकाछन । गुल्मी र अर्घाखाँची मा धेरै ठाउँमा पानी निकालेर पानीको समस्या हल गरीसकेका छन। सिद्धवावा, चिडीया खोला आसपास प्रसस्त डिप्वेल निकाल्न सकिन्छ निस्कन्छ । त्यो पानी सोझै मेन लाइनमा जोडन सकिन्छ र स्वच्छ पिउने पानीको समस्या हल गर्न सकिन्छ। यति गरे बुटवल उपमहानगर पालिका स्वच्छ सफा र सम्बृद्धिको यात्रा तर्फ लम्कनेछ ।
बुटवल उपमहानगरपालिका को छोटकरीमा अबस्थिती यस्तो छ। नगरपालिका स्थापना २०१६ फागुन ३ गते उपमहानगरपालिका घोषणा २०७१ मंसिर १६ गते भौगोलिक अवस्थिति प्रदेश लुम्बिनी : जिल्ला रुपन्देही : क्षेत्रनं २ र ३ रुपन्देहीः क्षेत्र फल १०३.९८ वर्ग कि.मी. वडा संख्या १९ अवस्थिति : २७० ४०-२७० ४६’ आक्षंश पूर्व ८३०२२-८३० ३०’ देशान्तर उत्तर उचाई : समुन्द्री सतहबाट १८३ मी. (बजार क्षेत्र) देखि मी. (नुवाकोट डाँडा)सिमाना देवदह नगरपालिका, सैनामैना नगरपालिका : तिनाउ गाउँपालिका, पाल्पा दक्षिण शुद्धोधन गाउँपालिका र तिलोत्तमा नगरपालिका, रुपन्देहीमा तापक्रमः २८.९ डिग्री सेल्यियस हुन्छ। (औसत) बर्षाः ३,६९३.१ मिमि वार्षिक छ। नदीहरु तिनाउ, दानव, सुखौरा छन। कूल जनसंख्याः १९५०५४ महिला :  ७०४५४, पुरुष ६८२८८ (२०७८ जनगणना अनुसार) घरधुरीः ३४०९७ मुख्य जातीय समुदायः क्षेत्री, ब्राह्मण, दशनामी, मगर, गुरुङ्ग, नेवार, थकाली, थारु, यादव (तेली), कशौधन, ठाकुर, अग्रवाल, सुनार, दमाई, मुस्लिम आदिको बसोबास छ।धर्म द हिन्दु, बौद्ध, क्रिश्चियन, इस्लाम, शिख आदि मान्दछन । सबै मिलेर बुटवल उपमहानगरपालिका समानता, स्वाभिमान र अवसर सहित को-बस्न योग् शहर बनाऔं । बुटवल बासीको जय होस् (लेखक बुटवल उद्योग वाणिज्य संघ रूपन्देही का महासचिव हुनुहुन्छ।)


प्रकाशित : २०७९ चैत्र १३, सोमबार १०:३३

लुम्बिनी दर्पण

लेखकबाट थप

  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस
  • बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग
  • प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार
  • एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद
  • कृष्ण जन्माष्टमी विशेष : बनगाईको कल्याणेश्वरमा भव्य भजन सन्ध्याको तयारी, दाताको सहयोग बाढीपीडितलाई
प्रतिक्रिया

यो पनि पढौँ

कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

बितेका दिन, बाँचेका अनुभूति

बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

“अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

संस्थालाई थप व्यवस्थित र विस्तार गर्दै महाधिवेशन भव्य बनाऔँ’ : अध्यक्ष खनाल

‘मन भक्कानिए पनि बिलौना गर्ने अवस्था छैन’ : प्रधानमन्त्री शाह

बाणगङ्गाले बाढीपीडितका लागि ४५ लाख सहयोग गर्ने

विदेशमा १४ वर्ष पसिना, घर फर्किएपछि आफ्नै माटोमा ‘दियालो’ बाल्दै कमल

भोटेकोशी बाढीको पीडा गीतमा : दिनेश रञ्जनको ‘रसुवाको घटना’ सार्वजनिक

थकाली खानाको स्वाद अब जितपुरमै, खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’

भर्खरै

  • लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

  • एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

  • कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

  • अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

  • प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

  • बितेका दिन, बाँचेका अनुभूति

  • प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

  • पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech