ताजा अपडेट

वाणगंगामा लागूऔषधविरुद्ध सचेतनामूलक सडक नाटक सम्पन्न

ट्रम्पले खोमिनीलाई दिए आत्मसमर्पणको सुझाव

११ महिनामा ७ लाख ६० हजारले लिए श्रम स्वीकृति, वैदेशिक रोजगारीमा बढोत्तरी

इजरायलबाट स्वदेश फर्किन इच्छुक नेपालीको नामावली संकलन सुरु

इजरायल-इरान युद्ध रोक्न आग्रह गर्दै काठमाडाैंमा मानवअधिकारकर्मीकाे प्रदर्शन

कर्मचारीको कुलिङ पिरियडबारे छलफलमा प्रधानमन्त्री

रास्वपाका दुई नेतामाथि रड प्रहार गर्ने कांग्रेसका वडाध्यक्ष फरार

इजरायलमा रहेका नेपालीको उद्धार गर्न दूतावासले सुरु गर्‍यो रजिष्ट्रेसन प्रक्रिया

मुग्लिन–नारायणगढ सडक : हायसमा ढुंगा खस्यो, एम्बुलेन्सको सिसा चर्कियो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

बाणगंगा नगरपालिका वडा नं ४ बासिका लागि नेपाली कांग्रेसका उमेद्वार दिनेशको हार्दिकता

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

भन्सारमै कबाड बन्दै सवारी साधन : राजश्व असुली न्यून

Lumbini Darpan 2 २०८० बैशाख २६, मंगलवार १७:२८
[sharethis-inline-buttons]

लुदअ, कपिलवस्तु
लिलाम नहुँदा कपिलवस्तुको सुठौली भन्सार कार्यालयमा करोडौका सवारी साधन कवाड बनेका छन् । विभिन्न क्षेत्रबाट प्रहरीले पक्राउ गरी भन्सार चलान गरेका सवारी साधनहरु लिलाम नहुँदा दिन प्रतिदिन कवाड बनेका हुन् । भन्सारमा हाल १ सय ६६ वटा मोटरसाईकल, २ वटा अटो, १ ट्याक्टर, २ वटा कार र २ वटा पिकअप जीप रहेको भन्सार अधिकृत चुरा बहादुर सर्तुङ्खीले बताए । उनले यसवर्ष लिलामीको प्रकृया अगाडी बढाउने समेत बताए । भन्सारमा २ वर्ष अघिदेखि यी साधनहरु थन्केको प्रशासन शाखा प्रमुख बाबुराम बस्यालले बताए ।

यसवर्ष सुठौली भन्सार कार्यालयको राजश्व असुली दर समेत घट्दै गएको छ । गएको आर्थिक वर्ष २०७८/०७९ मा लक्ष्य भन्दा बढि राजश्व असुल गरेको कार्यालयले त्यसपछि भने लक्ष्य भन्दा कम राजश्व असुली भएको बताएको छ ।
सुठौली भन्सार कार्यालयको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०७९/८० को चैत्र महिना सम्म लक्ष्य भन्दा आधा मात्र राजश्व असुल भएको छ । आर्थिक वर्ष २०७८/७९ को चैत्र मसान्त सम्म ८१.१७ प्रतिशत राजश्व असुली गरेको थियो भने यस वर्ष २०७९/०८० को सोही अवधिमा ४८.०१ प्रतिशत मात्र राजश्व असुली गरेको छ । चैत्र महिनामा भन्सार कार्यालयले आर्थिक वर्ष २०७९/८० मा दुई अर्ब ७ करोड ९७ लाख ५८ हजार रुपैयाँ राजश्व असुल गर्ने लक्ष्य राखेको भएपनि ६७ करोड ६८ लाख ९२ हजार रुपैयाँ मात्रै असुल गरेको छ ।

सोही अवधिमा आर्थिक वर्ष २०७८/७९ मा १ अर्ब ४५ करोड ७३ लाख ४२ हजार रुपैयाँ राजश्व असुल गर्ने लक्ष्य राखिएकोमा १ अर्ब १८ करोड २८ लाख रुपैयाँ असुल गरेको थियो ।
गएको आर्थिक वर्षमा लक्ष्य भन्दा असुली बढि भएपछि भन्सार विभागले सुठौली भन्सार कार्यालयको वार्षिक राजश्व असुली गर्ने लक्ष्य बृद्धि गरी आर्थिक वर्षमा २०७९/८० मा सो रकम निर्धारण गरेको थियो ।
सुठौली भन्सार कार्यालयका अधिकृत सर्तुङ्खी आयात घटेको कारणले गर्दा राजश्व असुलीमा संकुचन आएको बताए । उनले गाडी, मोटरसाइकल जस्ता विलासितामा सामानहरु र महंगा सामानहरु यस नाकाबाट आयातमा रोक लगाइएकोले अनिवार्य सामानहरु मात्रै आयात भइरहेको बताए । बैंकहरुले व्यापारीलाई ऋण लगानी नगरेको कारणले पनि सामान आयात घटेको खड्काले बताए । उनले बढेको महंगी, डलरको भाउ बृद्धि, उपभोक्ताको क्रय शक्तिमा क्षयिकरण, बैंकहरुको ऋण लगानी कटौती, तरलता अभाव लगायतको कारणले आयात घट्न गई भन्सार राजश्व असुली पनि संकुचित हुँदै गएको बताए । उनले फलफुल, कोईला, खरानी, खाद्यान्न, तरकारी र केही अन्य सामानहरु मात्रै आयात भइरहेको बताए ।

सबैभन्दा बढि फिनिसिङ्ग सेरामिक्स, बेकरी सामानहरु, आलु, खुर्सानी, पापड, कागज, ब्लांकेट र गलैचा सुठौली भन्सार भएर भारतबाट भित्रिने गरेको छ ।

भन्सारमा चालु आर्थिक बर्षको कुनै पनि महिनामा लक्ष्य अनुसार राजस्व संकलन भएको छैन । चालु आर्थिक वर्षको साउनमा १४ करोड ७३ लाख लक्ष्य रहेपनि ४४ दशमल ५३ प्रतिशत अर्थात ६ करोड ५६ लाख मात्र राजस्व संकलन भएको थियो । भदौमा १७ करोड ४२ लाखको लक्ष्य रहेकोमा ३७ दशमलव ३३ प्रतिशत ६ करोड ५० मात्र राजश्व उठेको छ । असोजमा १७ करोड ५३ लाखको लक्ष्यमा २७ दशमलव ६१ अर्थात ४ करोड ८४ लाख उठेको छ ।

कार्तिकमा १६ करोड ६४ लाखको लक्ष्यमा ५५ दशमलव १९ प्रतिशत ९ करोड १८ लाख संकलन भएको छ । मंसिरमा १८ करोड ३७ लाखको लक्ष्य मध्ये ५१ दशमलव ३७ प्रतिशत ९ करोड ४३ लाख संकलन भएको छ । पुसमा १९ करोड १४ लाखको लक्ष्यमा ५६ दशमलव ६९ प्रतिशत १० करोड ८५ लाख उठेको छ । आयत, मुल्य अभिबृद्धि कर, अन्तशुल्क कृषि सुधार शुल्क अन्य शीर्षकमा राजस्व संकलन भएको हो ।

आर्थिक बर्ष २०७८/०७९ मा लक्ष्यको ७१ दशमलव १३ प्रतिशत मात्र राजस्व संकलन भएको थियो । सो बर्ष भन्सारमा १ अर्व ३८ करोड ८४ लाख १० हजार राजश्व संकलन भएको थियो । सो बर्ष भन्सारलाई १ अर्व ९५ करोड १९ लाख ४४ हजारको लक्ष्य दिइएको थियो । आर्थिक बर्ष २०७७/०७८ मा लक्ष्यकोे १ सय ९३ प्रतिशत राजश्व उठेको थियो । अनलाइन सिस्टम र भारतीय जिएसटी लगायतका कारणले पनि राजश्व संकलनमा असर परेको हो ।


प्रकाशित : २०८० बैशाख २६, मंगलवार १७:२८

Lumbini Darpan 2

लेखकबाट थप

  • कपिलवस्तुका घिमिरे अनेरास्ववियुको केन्द्रीय सदस्यमा लोकप्रिय मत सहित विजयी
  • अनेरास्ववियु महाधिवेशनः कपिलवस्तुका घिमिरेको केन्द्रिय सदस्यमा उम्मेद्वारी, को हुन् घिमिरे ?
  • गर्मीका कारण बाणगंगाका विद्यालयमा चार दिन बिदा
  • ‘मिराई ईन्टरनेशनल ल्यांग्वेज सेन्टर’ चारनम्बरमा विद्यार्थीको आकर्षण बढ्दो, यी हुन सुविधा
  • मिलिजुली महिला दिदी वहिनी सेनेटरी प्याड उद्योग स्थापना
प्रतिक्रिया

यो पनि पढौँ

ट्रम्पले खोमिनीलाई दिए आत्मसमर्पणको सुझाव

११ महिनामा ७ लाख ६० हजारले लिए श्रम स्वीकृति, वैदेशिक रोजगारीमा बढोत्तरी

इजरायलबाट स्वदेश फर्किन इच्छुक नेपालीको नामावली संकलन सुरु

इजरायल-इरान युद्ध रोक्न आग्रह गर्दै काठमाडाैंमा मानवअधिकारकर्मीकाे प्रदर्शन

कर्मचारीको कुलिङ पिरियडबारे छलफलमा प्रधानमन्त्री

रास्वपाका दुई नेतामाथि रड प्रहार गर्ने कांग्रेसका वडाध्यक्ष फरार

इजरायलमा रहेका नेपालीको उद्धार गर्न दूतावासले सुरु गर्‍यो रजिष्ट्रेसन प्रक्रिया

मुग्लिन–नारायणगढ सडक : हायसमा ढुंगा खस्यो, एम्बुलेन्सको सिसा चर्कियो

सातै प्रदेशले ल्याए बजेट, कुन प्रदेशको कति ?

रास्वपाद्वारा आज पनि ‘सदन’मा नाराबाजी, बैठक स्थगित

४०० मुरी धान फलाएका कृषक अर्याललाई पालिकाले गर्यो सम्मान

इरानका नवनियुक्त सेना कमान्डरलाई मारेको इजरायलको दाबी

भर्खरै

  • वाणगंगामा लागूऔषधविरुद्ध सचेतनामूलक सडक नाटक सम्पन्न

  • ट्रम्पले खोमिनीलाई दिए आत्मसमर्पणको सुझाव

  • ११ महिनामा ७ लाख ६० हजारले लिए श्रम स्वीकृति, वैदेशिक रोजगारीमा बढोत्तरी

  • इजरायलबाट स्वदेश फर्किन इच्छुक नेपालीको नामावली संकलन सुरु

  • इजरायल-इरान युद्ध रोक्न आग्रह गर्दै काठमाडाैंमा मानवअधिकारकर्मीकाे प्रदर्शन

  • कर्मचारीको कुलिङ पिरियडबारे छलफलमा प्रधानमन्त्री

  • रास्वपाका दुई नेतामाथि रड प्रहार गर्ने कांग्रेसका वडाध्यक्ष फरार

  • इजरायलमा रहेका नेपालीको उद्धार गर्न दूतावासले सुरु गर्‍यो रजिष्ट्रेसन प्रक्रिया

  • मुग्लिन–नारायणगढ सडक : हायसमा ढुंगा खस्यो, एम्बुलेन्सको सिसा चर्कियो

  • सातै प्रदेशले ल्याए बजेट, कुन प्रदेशको कति ?


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, ९८६११११२६०

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

सामाजिक संजालमा हामी

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech