ताजा अपडेट

बुटवलमा एजुकेशन ट्रि ग्लोवलको नयाँ शाखाः विदेश अध्ययन चाहने विद्यार्थीलाई लक्षित सेवा प्रारम्भ

भूमि आयोग खारेजीविरुद्धको रिटको पेसी आज, अन्तरिम आदेशबारे निर्णय हुने

केन्द्रीय अध्यक्ष थापाद्धारा कपिलवस्तुमा लोक तथा दोहोरीगीत प्रतिष्ठानको कार्यालय उद्घाटन

१४ औं कपिलवस्तु डान्स आईडलका लागि १५ जना छनौट, नृत्यमा आकर्षण बढ्दो

विदेशीलाई शरण दिनेसम्बन्धी फैसलामा ट्रम्पको रोक

एघारौँ महाधिवेशनका लागि एमालेले आज देशैभरि प्रतिनिधि छनौट गर्दे

हिलबर्ट स्कुलमा कुशल अभिभावकीय कला अभिप्रेरणात्मक तालिम प्रदान

लुम्बिनी भिजन कलेजका समृद्ध ज्ञवाली जिल्ला प्रथम

आफ्नै क्लिनिक मार्फत स्वदेशमा सम्भावना खोज्दैः रुचिका

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

बुद्ध रंगशालामा जनतालाई खुवाएको रबिको कसम कहिले सम्म टिक्ला ?

Lumbini Darpan 2 २०८० फाल्गुन १२, शनिबार १७:३२
[sharethis-inline-buttons]

हरि आचार्य, जितपुर

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले २०८४ मा सबै राजनीतिक दलहरुलाई पराजित गर्ने बताएका छन् ।
शनिबार कपिलवस्तुको बुद्ध रंगशालामा राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको सभामा संम्बोधन गर्दै उनले जनताको आर्शिवाद पाउदा सम्म
आफूलाई कसैसँग लुक्न र झुक्न नपर्ने बताएका छन् ।
उनले आगामी चुनावमा आ आफ्नो पार्टीमै बसेर मत फेर्न घण्टीमै मतदान गर्न सफतै खुवाए । कसमै खुवाए उनले दल नफेरी भोट फेर्न वाचा कसम खुवाए । कति रोक्न रोक्छाँै रोक, अब नेपाली जनतालाई कसैले रोक्न सक्ने छैन उनले भने कपिलवस्तुले आज त्यो देखाएको छ ।


सभापति लामिछानेले कपिलवस्तुको खुला सभामा जनताले देखाएको यो उत्साहले अब धेरैले छटपटी हुने दाबी समेत गरे ।
देशले चिनेका नभए पनि रास्वपा सँग देशलाई चिनेका एक एक मान्छे रहेको भन्दै उनले देशको संसदलाई जनताका कुरा स्पष्ट राख्न सक्ने मान्छे रास्वपाबाट पुगेको उनले घण्टीको आवाज सदनमा पनि जोडदार बज्ने गरेको उनले बताए । उनले भने, यो शिर तमाम बा आमाहरुले आशिर्वाद दिएको शिर हो, कसैले छेदन गर्न खोज्दैमा केही असर पर्ने वाला छैन । हामी असल उमेद्धार लिएर आएका छौँ, अब घण्टी बजाउँछौँ,
अब देशमा कसैले भोको पेट बस्न नपरोस, कसैका छोराछोरी शिक्षाबाट बञ्चित हुन नपरोस, कसैले स्वास्थ्यका लागि उपचारबाट बञ्चित हुन नपरोस यही संकल्प लिएर हिडेका छौँ ।
हिजो, कांग्रेसले एमालेलाई, एमालेले कांग्रेसलाई वा माओवादीले कांग्रेस एमालेलाई गाली गरिरहन्थे आज सबै मिलेर रास्वपाको खेदो खनिरहेका छन् ।

घेराबन्दी र चरित्र हत्या गर्न खोजिएको छ त्यसको हिसाब अब नेपाली जनताले दिने उनले बताए । एउटा सामान्य संचारकर्मी र सामान्य मान्छेलाई सारा नेपालीको माया मिलेको छ, मलाई यति भन्दा केही चाहिएको छैन, अब यही पुँजीलाई जोगाएर आउँदो निर्वाचनमा रास्वपाको नेतृत्वको सरकार बनाउने छौँ र ३४ वर्ष सम्म देश कसरी कसले लुट्यो एक एक हिसाब लिने छौँ ।
नेपाली जनताले एउटा आशा देखेका छन्, एउटा सपना देखेका छन्, एउटा युग देखेका छन् । त्यो पुुरा गर्न हामी तयार छौँ ।
लुम्बिनी जस्तो पवित्र ठाउँलाई पनि लुकाउन पर्ने स्थिति आएको छ, आज किसानले दुधको मुल्य नपाएर दुध पोख्न परेको छ । जुन किसानले भोट दिएर पठायो, यही भुमिका कृषि मन्त्रीलाई थाहा छैन यहीका किसानको पिडा ।

 

एउटा गठबन्धन तोडेर अर्को गठनन्धन बनाएका प्रधानमन्त्रीले के गरिरहेका छन् आफूलाई थाह नभएको उनले बताए । सुनको फाइल खोल्दा आफ्ना साथीहरु नै सुनै सुनका पहेँला देखिने भन्दै उनले करोडौँको घोटालामा मन्त्रीहरुको नाम मुछिएको छ ।

यता फाइल खोल्दा सरकार ढल्छ, उता फाइल खोले पनि सरकार ढल्छ, प्रधानमन्त्री कता के गर्दै हुनुुहुन्छ, हैन मलाई यही गठबन्धन चाहिन्छ भन्दै हुनुहन्छ ?
उनले भने जबसम्म हामी राम्रो काम गर्छौ हाम्रो समर्थन गर्ने र गलत गर्दाका दिन हामीलाई कपिलवस्तु छिर्न नदिने हो । जनताले यसरी सोच्न पर्छ । घण्टी तब सम्म बजाउनुस् जब सम्म हामी इमानको राजनिति गर्छौ । कपिलवस्तुका जनतालाई दल बदल्ने नभई मन बदल्न उनले आग्रह गरे । आफ्नो अमूलय मत सुरक्षि राख्ने हो । उनले भने, जनता र जनताका मुद्दालाई केन्द्रमा राखेर आफ्नो अभिमत प्रयोग गर्ने हो ।

उनले आफुले दिएको कपिलवस्तुको क्याप्सुल अब चारवर्ष जोगाएर राख्न सक्नुहुन्छ भन्दै मैदानमा बसिरहेका जनता जुरुक्कै उठाए । उनले भने कतै हसिया हथौडाले बजाउला, कहि रुखको हाँगाले लाग्ला, सूर्यको तापले पोल्ला तर आज मैले भनेका कुरा एउटा क्याप्सुल सम्झिएर प्रयोग गर्नुहोला केही असर गर्ने छैन कुनै पनि तागतले ।

आफूलाई माया गर्ने देशभरीका जनतालाई भेट्न देशभर दौडिएको भन्दै उनले समाचारमा आउने हेडलाइन र आरोपले कहि पनि असर गर्दैन । म देशभरिका बाआमासँग शिर निहुराउन जानेको छु, तर कोठामा बसेर कसैले षड्यन्त्र गरेको भए त्यो भण्डाफोर पार्ने र त्यसको हिसाब पनि राख्न जानेको छु ।

हामी हाम्रो देशका युवालाई खाडीमा पठाएर मागी खाने देश होइन, हामी आफूलाई शौभाग्यसाली बनाउने देशका नागरिक हौँ । यो देशलाई एक पटक विकसित राष्ट बनाउन जे फाल्न पर्छ फालौँला, भ्रष्ट नेता फाल्न पनि फालौँला । मात्र एक पटक रास्वपालाई सरकार चलाउने मौका दिनुहोला । आँट हामीले गरिसकेका छौँ । हाम्रो हात नछोड्नुहोला
आधा काम सकियो, बाँकी आधा काम अब ८४ मा सक्ने हो । ढुक्क हुनुहोस् ।

हजारौँको भिडबाट बोलेको छु, कहि कतै केही पनि गल्ति गर्ने छैन । यसै गरी शीर ठाडो पारी हिड्ने छु र तपाईँको हातबाट यसरी नै फूल लिएर हिड्नृेछु । बस् एक पटक सदनभरी घण्टी बजाउने मान्छे लिएर जाऔँ, कपिलवस्तुबाट पनि घण्टी बजाउने मान्छे पठाउने छन् । यहीबाट अब सोविता जन्मिन्छन्, यहिबाट अब स्वणर्िम जन्मिन्छन्, यही बाट अब विराज जन्मिन्छन् । कपिलवस्तुका जनताले अब आफ्नो मत परिवर्तन गर्ने छन् ।

म यत्ति भन्न चाहन्छु, आफूले गल्ति गरेर पनि नेताहरुसँग हार गुहार गर्दे मलाई बचाइदिउ न भन्न कदापी जाने छैन । आज कपिलवस्तुमा देशलाई बचाउने बिउ रोपिएको र त्यो बिउ अब चार वर्ष सम्म जोगाएर राख्नुहोला, त्यो विरुवा म तारबार लगाउन आउँने छु, त्यसमा कसैले आँखा लगाउला, त्यो जोगाउनुहोला, म एउटा आशाको मलहम बोकेर जादैँ छु, र म फेरी आउँने छु, त्यो बिरुवा जोगाइएको छ वा छैन म आउने छु, जब सम्म आउने छु तब जम्म तपाई मलाई बेलाइरहनुहुने छ ।
जनता शक्तिशाली भएको देश कहिले पनि हार्न पर्दैन । अब जित्ने भोट हाल्ने हो, मलाई जिताउन होइन, घण्टीलाई जिताउन होइन, रास्वपालाई जिताउन होइन । देशलाई जिताउन भोट हाल्ने हो । स्वदेशमा अवसर नपाएर बिदेशमा पसिना बगाइरहेका ति दाजुभाइहरुका लागि भोट हाल्ने हो ।

उनले आउने चुनावमा कुनैपनि दललाई एक सिट पनि जित्न नदिने जिकिर समेत गरे । ‘‘कयौं बेथितिका चुनौतीहरु दिएका छन् । भ्रष्टाचारका फाइल खोल्ने भन्दै तर्सिएर बन्द गरेका छन् । तपाईंहरुको आवाज त्यति सुनिएन भनेर कहिलेकाहीँ केहीले भन्ने गर्नुहुन्छ । चर्को बोल्नुपर्छ भन्नुहुन्छ । के मा दिने, कति दरो बोल्ने, के भन्ने ? अब ठूलो स्वर गर्ने, दबाब दिने होइन, २०८४ मा एकैपटक बाइबाइ गर्ने, एउटा सिट पनि नदिने । एक सिट पनि नदिने हो, ख्याल गर्नुहोला’, सभापति लामिछानेले भने ।

पुराना दललाई मत दिएर जिताउनु भनेको फेरि भ्रष्टाचार र अनियमिततालाई प्रश्रय दिए सरह हुने उनको भनाइ छ ।

अन्तत उनले उपस्थित जनतालाई खुवाएको कसम वाचा कति कसिलो होला , कति जोगिएला त्यो भने हेर्न चुनावै कुर्नुपर्ने होला ?


प्रकाशित : २०८० फाल्गुन १२, शनिबार १७:३२

Lumbini Darpan 2

लेखकबाट थप

  • १४ औं कपिलवस्तु डान्स आईडलका लागि १५ जना छनौट, नृत्यमा आकर्षण बढ्दो
  • हिलबर्ट स्कुलमा कुशल अभिभावकीय कला अभिप्रेरणात्मक तालिम प्रदान
  • प्रथम डान्स स्टारबाट छैठौं दिनसम्म १९ प्रतिस्पर्धी बाहिरिए, ११ जना प्रतिस्पर्धामा
  • १६ औं कपिलवस्तु महोत्सव सफल पार्न कपिलवस्तु उद्योग वाणिज्य संघ र वेयलफेयर एकसाथ, ६० प्रतिशत काम सम्पन्न
  • १६ औँ कपिलवस्तु महोत्सवका आकर्षणः पहिलोपटक स्नो सिटि, जलपरी, सुनामी पिङ्ग नौलो
प्रतिक्रिया

यो पनि पढौँ

भूमि आयोग खारेजीविरुद्धको रिटको पेसी आज, अन्तरिम आदेशबारे निर्णय हुने

१४ औं कपिलवस्तु डान्स आईडलका लागि १५ जना छनौट, नृत्यमा आकर्षण बढ्दो

एघारौँ महाधिवेशनका लागि एमालेले आज देशैभरि प्रतिनिधि छनौट गर्दे

हिलबर्ट स्कुलमा कुशल अभिभावकीय कला अभिप्रेरणात्मक तालिम प्रदान

१६ औं कपिलवस्तु महोत्सव सफल पार्न कपिलवस्तु उद्योग वाणिज्य संघ र वेयलफेयर एकसाथ, ६० प्रतिशत काम सम्पन्न

महेन्द्र मा. वि काे ६५ औ बार्षिकाेत्सव सम्पन्न

१६ औँ कपिलवस्तु महोत्सवका आकर्षणः पहिलोपटक स्नो सिटि, जलपरी, सुनामी पिङ्ग नौलो

१६ औं कपिलवस्तु महोत्सवको आकर्षणः जानकी मन्दिरको झल्को दिने मुल प्रवेशद्धार बनाईदै

१६ औं कपिलवस्तु महोत्सव सफल पार्न स्थानीय व्यवसायी एकजुट

१६ औं कपिलवस्तु महोत्सव: डान्स आईडलको अडिसन सुरु, नृत्यकर्मीको मोह बढ्दै

मनकामना सामुदायिक वनको साधारण सभा : ६ करोड बढीको बजेट प्रस्तुत

बाणगंगा दुग्ध उत्पादक सहकारीको २३ औँ वार्षिक साधारण सभा सम्पन्न

भर्खरै

  • बुटवलमा एजुकेशन ट्रि ग्लोवलको नयाँ शाखाः विदेश अध्ययन चाहने विद्यार्थीलाई लक्षित सेवा प्रारम्भ

  • भूमि आयोग खारेजीविरुद्धको रिटको पेसी आज, अन्तरिम आदेशबारे निर्णय हुने

  • केन्द्रीय अध्यक्ष थापाद्धारा कपिलवस्तुमा लोक तथा दोहोरीगीत प्रतिष्ठानको कार्यालय उद्घाटन

  • १४ औं कपिलवस्तु डान्स आईडलका लागि १५ जना छनौट, नृत्यमा आकर्षण बढ्दो

  • विदेशीलाई शरण दिनेसम्बन्धी फैसलामा ट्रम्पको रोक

  • एघारौँ महाधिवेशनका लागि एमालेले आज देशैभरि प्रतिनिधि छनौट गर्दे

  • हिलबर्ट स्कुलमा कुशल अभिभावकीय कला अभिप्रेरणात्मक तालिम प्रदान

  • लुम्बिनी भिजन कलेजका समृद्ध ज्ञवाली जिल्ला प्रथम

  • आफ्नै क्लिनिक मार्फत स्वदेशमा सम्भावना खोज्दैः रुचिका

  • प्रथम डान्स स्टारबाट छैठौं दिनसम्म १९ प्रतिस्पर्धी बाहिरिए, ११ जना प्रतिस्पर्धामा


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech