रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सडक दुर्घटनामा एक जना विद्यार्थीको मृत्यु भएको छ । बिहीबार बिहान नयाँमिलस्थित जनसेवा चोकमा कार र मोटरसाईकल ठोक्किदा गुल्मीको रुरु गाउँपालिका वडा न–३ घर भई हाल बुटवल–३, ट्राफिकचोक बस्दै आएका १९ बर्षीय रोशन परियारको निधन भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
दुर्घटनामा परि गम्भिर घाइते भएका परियारको उपचारका क्रममा निधन भएको प्रहरी कार्यालयका डिएसपी सुरज कार्कीले बताए । कार्कीका अनुसार बुटवलबाट जादै गरेको लु ५६ प १९६१ नम्बरको मोटरसाइकल र मुख्य हाइवेको पश्चिम लेनबाट पुर्वतर्फ बाटो काट्दै गरेको बा २० च १७५४ नम्बरको कार नयाँमिलस्थित जनसेवा क्लब अगाडी एक आपसमा ठोक्किएको हो ।
दुर्घटनापछि कार र कार चालकलाई नियन्त्रणमा लिएर छानवीन अगाडी बढाइएको प्रहरीले जनाएको छ । तिलोत्तमा ५ स्थित शान्ति नमुना मावि कक्षा १२ मा अध्ययनरत परियारको सडक दुर्घटनामा परि निधन भएपछि विद्यालयले आज एक दिनका लागी शोकस्वरुप विद्यालय बन्द रहने जनाएको छ ।






















