
हरि आचार्य, कपिलवस्तु
नीजि तथा आवशिय विद्यालय अर्गनाईजेसन, नेपाल (प्याब्सन) को केन्द्रिय सदस्यमा कपिलवस्तुका सुन्दर पाण्डे निर्वाचित हुनुभएको छ । प्याब्सनको यहि फागुन २६ र २७ गते सम्पन्न १६ औं महाधिवेशनबाट पाण्डे लोकप्रिय मत सहित केन्द्रिय सदस्यमा निर्वाचित हुनुभएको हो । पाण्डे लुम्बिनी प्रदेशबाट केन्द्रिय सदस्यको उम्मेद्वार हुनुहुन्थ्यो ।
केन्द्रिय सदस्यमा निर्वाचित भएसंगै पाण्डेले सम्पुर्ण प्रतिनिधिहरुलाई हार्दिक आभार एवम् कृतज्ञता व्यक्त गर्नुभयो ।
पाण्डे प्याब्सन कपिलवस्तुको निवर्तमान अध्यक्ष तथा हाल प्रमुख सल्लाहाकार, हथौशा लिटल स्टार इङलिस बोर्डिङ स्कूलका प्रिन्सिपल तथा लुम्बिनी भिजन कलेजका क्याम्पस प्रमुख हुनुहुन्छ । साथै उहाँ कपिलवस्तु जेसीज वर्ष २०१८ को अध्यक्षको जिम्मेवारी पनि सम्हालिसक्नुभएको छ ।