होलीलाई मर्यादित बनाउन होटल तथा पर्यटन व्यवसायी संघ कपिलबस्तुको अनुरोध

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

हरि आचार्य, कपिलवस्तु
होटल तथा पर्यटन व्यवसायी संघ, कपिलबस्तुले होली पर्वलाई उल्लासमय र बनाउने नाममा मदिराजन्य पदार्थ सेवन गरेर होहल्ला गर्ने, झै–झगडा, गालिगलोज, चोरीका घटना, सवारी दुर्घटना, र शान्ति सुव्यव्स्थामा खलल पार्ने, आपसी सद्भाव भटकाउने र सोही कारण परिस्थितिलाई असहज बनाउने कार्य हुन नदिन सम्पुर्ण व्यवसायीहरुलाई सचेत गराएको छ ।

होटल तथा पर्यटन व्यवसायी संघ कपिलबस्तुले पर्वको उपलक्ष्यमा एक सार्वजनिक सूचना प्रकाशित गरेर स्वदेश तथा बिदेशमा रहनुहुने सम्पुर्ण आमावुवा दाजुभाइ दिदिबहिनीहरुमा सुख, शान्ति, प्रगति र समृद्धि सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सचेतना समेत गराएको संघका अध्यक्ष रबिन्द्र पौडेलले लुम्बिनी दर्पणलाई जानकारी दिनुभयो ।

सुचनामा मदिराजन्य पदार्थ सेवन गरेर होहल्ला, झै–झगडा, आपसी सद्भाव भटकाउने र सोही कारण परिस्थितिलाई असहज बनाउने कार्य हुन नदिन यस्ता किसिमका सम्भावित हुनसक्ने घटनाहरूबाट बच्न बचाउन र शान्ति सु–व्यबस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय तौलिहवा कपिलवस्तुबाट प्राप्त पत्र र अनुरोध बमोजिम जिल्ला स्थित सम्पुर्ण होटल तथा रेस्टुरेन्ट व्यबसायहरुलाई मदिराजन्य पदार्थ बिक्री बितरण नगर्न समेत अनुरोध गरिएको छ ।

सुचनामा जानकारी विपरित कुनै पनि व्यबसायीले कार्य गरेको वा गरायको पाइएमा नेपाल सरकारको प्रचलित कानुन बमोजिम स्थानिय प्रशासन बाट हुनसक्ने करवाहिको संघ जवाफदेहि नहुने समेत उल्लेख छ ।

संघका अध्यक्ष रबिन्द्र पौडेलले सदभावको पर्व होलीलाई मर्यादित रूपमा मनाउन सबैसँग आग्रह गर्दै होलीको नाममा कसैले पनि मादक पदार्थ सेवन गरेर सवारी साधन नचलाउन, चाडपर्व मनाउने बहानामा अत्यधिक मादक पदार्थ सेवन नगर्न तथा पर्वको नाममा कुनै पनि अमर्यादित र उच्छृङ्खल काम नगर्न समेत अनुरोध गर्नुभएको छ ।


प्रकाशित : २०८१ फाल्गुन २९, बिहीबार ०७:२३