
गुल्मी,
कालिगण्डकी कोरिडोर अन्तर्गत पाल्पा सडक खण्डमा काम गर्ने दुई जना कामदारको शव शनिबार कालिगण्डी नदि किनारमा फेला परेको छ। पाल्पाको बेगनासकालि गाउँपालिका(,६ दर्पुक र माईचौर स्थित कालिगण्डकी नदि किनारमा कालिगण्डकी कोरिडोरका डोजर अपरेटर सिन्धुलीको गोलाचौर गाउँपालिका –६ घर भएका २६ भोजराज अस्लामी र सोही कोरिडोरमा लेबर काम गर्ने दाङ्गको तुल्सीपुर उपमहानगरपालिका – ३ निवासी ४५ बािर्षय तेजबहादुर रास्कोटीको शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी डिएसपी सुनिल मल्लका अनुसार रास्कोेटी कालिगण्डकी कोरिडोर अन्तरगर्त कालिगण्डकी कोरिडोर अन्तरगर्त राम्दी – रानीमहल निर्माणधिन सडकको लेबर थिए । उनि फागुन २९ गते कालिगण्डकी नदिमा एक जना साथी सहित नुहाउन गएको बेला बगेर बेपत्ता भएको साथीले जानकारी गराए पछि प्रहरीले खोजतलास गर्ने क्रममा शनिबार साँझा उक्त स्थानमा फेला पारेको थियो ।
त्यस्तै सिन्धुलीका अस्लामीको शव शनिबार दिउँसो फेला परेको थियो । उनको शव पोष्टमार्टमका लागि काठमाण्डौ महाराजगञ्जको शिक्षण अस्पतालमा पठाईएको र घटनाको अनुसन्धान भईरहेको डिएसपी मल्लले जानकारी दिए । उनि फागुन २७ गते राती करिव २ बजेको समयमा कालिगण्डकी कोरिडोर कम्पनीको अस्थाई क्याम्पबाट मोवाईल विस्तरामै छाडेर बाहिर निस्केको सिसीटिभीमा देखिएको डिएसपी मल्लले पठाएको समाचार विवरणमा उल्लेख छ।