ताजा अपडेट

राष्ट्रिय जनमोर्चाद्धारा अवैध उत्खनन् रोक्न प्रेस वक्तव्य जारी

वाटरल्यान्ड पार्कमा झडप, १० घाइते अवस्था तनावग्रस्त

एकीकृत समाजवादीका केन्द्रीय सदस्य बुढाथोकीको निधन

विद्युत प्राधिकरणको लापरबाहीले पोलमै अस्ताए उपेश।

परिणाम नदेखिने काममा सरकारले लगानी गर्दैन – मुख्यमन्त्री आचार्य

कपिलवस्तुमा हावाहुरीले रुख ढल्दा बालिकाले गुमाइन ज्यान

सुनवलमा हावाहुरीले रुख ढल्दा च्यापिएर २ जनाको मृत्यु, ३ घाइते

कानून विपरीत राखिएका ५६ जना कर्मचारीलाई एकै साथ बिदाई

राप्रपा भातृ संस्थाका अध्यक्ष पक्राउ

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

बाणगंगा नगरपालिका वडा नं ४ बासिका लागि नेपाली कांग्रेसका उमेद्वार दिनेशको हार्दिकता

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

एमाले कपिलवस्तुको जागरण सभाः गणतन्त्र रक्षाका लागि एकजुट हुनुपर्नेमा जोड

Lumbini Darpan 2 २०८१ चैत्र १९, मंगलवार ११:०८
[sharethis-inline-buttons]
Image XYZ

लुदस, कपिलवस्तु
नेकपा एमाले कपिलवस्तुले अगुवा कार्यकर्ताको जागरण सभा आयोजना गरी राजसंस्था व्युताउने भन्नेकुरा दिवा सपना भएको औल्याएका छन् । चैत्र १५ गते काठमाण्डौमा भएको राजावादी पक्षधरको प्रदर्शन हिसांत्मक र अराजकता भएको ठहर गर्दै शुरुवाती संकेत नै पतन हुने तर्फ उन्मुख भएको नेताहरुले बताए ।

नेकपा एमालेको केन्द्रिय निर्देशन अनुसार कपिलवस्तुको बुद्धभूमि नगरपालिकाको बुडढी हनुमान चोकमा आयोजित गणतन्त्रको रक्षा र विकास, सामाजिक सद्भाव राष्ट्रिय एकताको लागि जागरण सभामा बोल्ने अधिकांश नेताहरुले २४० वर्षे राजतन्त्रको विकास र गणतन्त्र पछिको मुलुकको विकासमा आमुल परिवर्तन आएको बताएका थिए ।
कार्यक्रममा नेकपा एमाले केन्द्रिय सदस्य तथा कपिलवस्तु इन्चार्ज गिरधारीलाल न्यौपानेले राजतन्त्र कुनै कालखण्डमा पनि नर्फकने ठोकुवा गर्दै अहिले मुलुकमा राजतन्त्र आउनु भनेको दिवासपना भएको जीकिर गरे । प्रमुख अतिथी समेत रहेका इन्चार्ज न्यौपानेले ठुलो वलिदान र संघर्षबाट प्राप्त उपलब्धीलाई रक्षा गर्दै संघीय गणतन्त्रलाई जनता स्वयं आफैले रक्षा गर्नुपर्ने बताए ।

नेकपा एमालेका केन्द्रीय लेखा आयोगका उपाध्यक्ष विष्णु पन्थीले जनताको गुनासो नेताहरु प्रति अझै धेरै भएकाले पार्टी भित्र समस्या सिर्जना भएको बताए । समस्या हामी भित्रै छ, पार्टी भित्रै छ, हामीले आफुलाई सुधार गरेर लैजानसके मिसन ८४ सफल हुने बताए । प्रदेश सांसद समेत रहेका पन्थीले जति माथील्लो कमिटीमा पुग्छौ, त्यति धेरै समस्या देखिएको छ, नेताहरुमा रहेको कमी कमजोरी हटाए मात्र धेरै कुरा समाधान हुने बताए । पछिल्लो समय पार्टी भित्र सिर्जना भएको समस्या पनि कार्यकर्ताको निराशा, आक्रोश र विधी पद्धती अनुसार काम नहुनु नै त्यसैको प्रतिफल भएको पन्थीले बताए । उनले जनतामा कुनै समस्या नभएको र एमालेकै पक्षमा जनता रहेको स्पष्ट पार्दै पार्टी सच्चिएर अघि बढ्नुपर्ने बताए ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य बृजेश कुमार गुप्ता, केन्द्रिय सल्लाहकार परिषद् सदस्य भानु प्रकाश श्रेष्ठ, प्रदेश कमिटी सदस्य विश्राम प्रसाद थारु, साथै पार्टीका जनवर्गीय संगठनका अध्यक्ष लगाएतका नेताहरुले गणतन्त्र रक्षाको लागि खवरदारी गर्दै जनतालाई सुसूचित गर्ने कार्यमा प्रतिवद्धता व्यक्त गरेका थिए । उक्त कार्यक्रममा पार्टीका सबै जनवर्गीय संगठनका पदाधिकारीहरुले संगठनको रिपोर्टिङ्ग गर्नुका साथै गणतन्त्रको रक्षा र विकास, सामाजिक सद्भाव राष्ट्रिय एकताका लागि प्रबतिवद्धता जनाएका थिए ।

कार्यक्रममा नेकपा एमाले जिल्ला अध्यक्ष बाबुराम खनालले चैत्र २९ गते बुटवलमा हुने बृहत जनसभाको तयारीबारे जानकारी गराउदै कपिलवस्तुबाट ६ हजार जनसहभागीता हुने गरी सवै कार्यकर्तालाइ आवहन गरे । जागरण सभामा पार्टी उपाध्यक्ष शंकर पाण्डेको स्वागत तथा सचिव सिवि गहतराजले संचालन गरेका थिए ।


प्रकाशित : २०८१ चैत्र १९, मंगलवार ११:०८

Lumbini Darpan 2

लेखकबाट थप

  • सांसद पन्थीलाई पक्राउ नगर्न अदालतको अर्को आदेशः पन्थी भन्छन् ‘प्रतिशोधपूर्ण आफुलाई मुछियो’
  • राष्ट्रिय युवा संघ बाणगंगा नगर कमिटीद्धारा स्थापना दिवसमा विरामीलाई फलफुल वितरण
  • श्रृङ्गीघाट वनको उदाहरणिय कामः बुद्ध मूर्ति अनावरण, फायर हाईड्रेन्टसहित सडक सुन्दरीकरण
  • शुद्धोधन १ का वडाध्यक्ष ताहिरका दाजुभाई माथि कुटपिट, पिडकलाई कारवाहीको माग
  • दुना टपरी बेचेर परिवारको दैनिकी चलाउँदै धनकली र सीता
प्रतिक्रिया

यो पनि पढौँ

राष्ट्रिय जनमोर्चाद्धारा अवैध उत्खनन् रोक्न प्रेस वक्तव्य जारी

वाटरल्यान्ड पार्कमा झडप, १० घाइते अवस्था तनावग्रस्त

एकीकृत समाजवादीका केन्द्रीय सदस्य बुढाथोकीको निधन

विद्युत प्राधिकरणको लापरबाहीले पोलमै अस्ताए उपेश।

परिणाम नदेखिने काममा सरकारले लगानी गर्दैन – मुख्यमन्त्री आचार्य

कपिलवस्तुमा हावाहुरीले रुख ढल्दा बालिकाले गुमाइन ज्यान

सुनवलमा हावाहुरीले रुख ढल्दा च्यापिएर २ जनाको मृत्यु, ३ घाइते

कानून विपरीत राखिएका ५६ जना कर्मचारीलाई एकै साथ बिदाई

राप्रपा भातृ संस्थाका अध्यक्ष पक्राउ

‘कटप्पा’ समूह : नातेदारको गिरोह बनाएर १२ घरबाट ७९ लाख डकैती

द्वन्द्वपीडितहरूको अपिलः आयोगको नियुक्ति त्यागेर पीडितलाई सघाउनुहोस्

बुद्धभूमिमा कारको ठक्करबाट २ महिलाको मृत्यु

भर्खरै

  • राष्ट्रिय जनमोर्चाद्धारा अवैध उत्खनन् रोक्न प्रेस वक्तव्य जारी

  • वाटरल्यान्ड पार्कमा झडप, १० घाइते अवस्था तनावग्रस्त

  • एकीकृत समाजवादीका केन्द्रीय सदस्य बुढाथोकीको निधन

  • विद्युत प्राधिकरणको लापरबाहीले पोलमै अस्ताए उपेश।

  • परिणाम नदेखिने काममा सरकारले लगानी गर्दैन – मुख्यमन्त्री आचार्य

  • कपिलवस्तुमा हावाहुरीले रुख ढल्दा बालिकाले गुमाइन ज्यान

  • सुनवलमा हावाहुरीले रुख ढल्दा च्यापिएर २ जनाको मृत्यु, ३ घाइते

  • कानून विपरीत राखिएका ५६ जना कर्मचारीलाई एकै साथ बिदाई

  • राप्रपा भातृ संस्थाका अध्यक्ष पक्राउ

  • ‘कटप्पा’ समूह : नातेदारको गिरोह बनाएर १२ घरबाट ७९ लाख डकैती


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, ९८६११११२६०

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

सामाजिक संजालमा हामी

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech