
लुदअ, कपिलवस्तु
खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल बाणगंगा नगर समितीको आयोजनामा “कर शिक्षा एवं कर सम्बन्धी अन्तरक्रिया कार्यक्रम“ सम्पन्न भएको छ । कार्यक्रममा करदाता सेवा कार्यालय तौलिहवाका कर अधिकृत भिम सापकोटा र सूचना अधिकारी नारायण प्रसाद बन्जाडेले कर शिक्षा र दर्तासम्बन्धी प्रशिक्षण दिनु भएको थियो । कर दर्ताका प्रकार, दर्ता प्रक्रिया, गुणस्तरीय दर्ताको अवधारणा, दर्ताका व्यवहारिक समस्याहरू, र स्थायी लेखा नम्बरका विभिन्न प्रकारहरूबारे जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा प्रमुख आतिथी बाणगंगा नगरपालिकाका उपप्रमुख रिता कुमारी चौधरीले बाणगंगा नगरबासीको प्रत्येक घरधुरी सम्म खानेपानीको सेवा पुर्याउने लक्ष्यका साथ लागि परेको बताउनुभयो । उहाले सबै खानेपानी आयोजनामा कर शुल्कमा एकरुपता ल्याउनुपर्नेमा जोड दिनुभयो । यस्तै नगरका प्रशासन शाखा प्रमुख एवं खानेपानी फोकल पर्सन केशव भटट््राईले नेपाल सरकारको एक घर एक धाराको अवधारण अनुरुप लागि परेको बताउनुभयो ।
कार्यक्रममा खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका केन्द्रीय सदस्य विश्व कार्की, जिल्ला खानेपानी तथा सरसफाई महासंघका अध्यक्ष राजेन्द्र विक्रम शाह, लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रम नगर समितीका कार्यबाहक अध्यक्ष सन्जु सेनको अध्यक्षता, सचिव खडानन्द गौतमको संचालन तथा पुष्पा भट्टराई भण्डारीकाे स्वागतमा सम्पन्न भएको हो । कार्यक्रममा बाणगंगा नगरपालिका भित्र रहेका खानेपानी तथा सरसफाई उपभोक्ता समितिका कर्मचारी, पदाधिकारी र सदस्यहरूको सक्रिय सहभागिता थियो ।