गुल्मीमा १४ वर्षीया बालिकामाथि बलात्कार आरोपमा एक जना पक्राउ परेका छन्। बाग्लुङ बडिगाड गाउँपालिका(९ खहरे बस्ने १९ वर्षीय हिरा कामी पक्राउ परेका हुन्। उनलाई मंगलबार दिउँसो जिल्ला प्रहरी कार्यालय गुल्मीबाट खटिएको टोलीले पक्राउ गरेको हो। उनीविरूद्ध १४ वर्षीया बालिकालाई रेसुङ्गा नगरपालिका(२ बाख्रेछेडामा शनिबार बलात्कार गरेको उजुरी छ। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।






















