
कपिलवस्तुमा रुखले च्यापिएर एक बालिकाको मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका(८, मैनिहवाकी १४ वर्षीया सुखना केवटको रुखले च्यापिएर मृत्यु भएको हो ।हावाहुरी चलेको बेला बगैँचामा आँप टिप्न गएकी उनको रुखले च्यापिएर शुक्रबार दिउँसो मृत्यु भएको प्रहरी नायव उपरीक्षक मोहनमणी अधिकारीले जानकारि दिनुभयो ।प्रहरीका अनुसार घाइते केवटलाई कपिलवस्तु जिल्ला अस्पतालमा उपचारका लागि लगिएकोमा डाक्टरले मृत घोषणा गरेको हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
शुक्रबार दिउँसो एक्कासी हावाहुरी चल्दा विभिन्न ठाउँमा क्षति पेर्याएको छ । नवलपरासीको सुनवलमा रुखले च्यापिएर २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।