हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. २ स्थित पिपरा कोठी महिला सेवा सामुदायिक वन उपभोक्ता समुहको अध्यक्ष पदमा झलक बहादुर कार्कीले उम्मेद्वारी दिनुभएको छ । लामो समय शिक्षण पेसामा लाग्नुभएका शैक्षिक व्यक्तित्व कार्कीको प्यानलले उम्मेद्वारी दिए संगै उपभोक्ता उत्साहित बनेका छन् । राजपुरमा रहेको कपिलवस्तु आधारभुत विद्यालयमा प्राचार्य बनि योगदान गर्नुभएका कार्कीले अब बनको संरक्षण सहित यस ठाउँको विकास गर्ने उद्देश्यले अध्यक्ष पदमा उम्मेद्वारी दिएको बताउनुभयो ।
यहि कात्तिक २२ गते अर्थात भोलि निर्वाचन हुदैछ ।
निर्वाचन मण्डलले साईकल चुनाव चिन्ह प्रदान गरेको प्यानल अन्तर्गत अध्यक्ष पदमा झलक बहादुर कार्की, उपाध्यक्षमा सीता लामा क्षेत्री, सचिवमा ईशा जि.सी. (श्रीस), सह–सचिवमा हरिलाल घिमिरे (हिरामणि), कोषाध्यक्षमा दिलिप गाहा (भेक बहादुर) ले उम्मेद्वारी दिनुभएको छ ।

त्यस्तै महिला सदस्यमा गीता कुवंर, गिता नेपाल भट्टराई, जुना खत्री क्षेत्री, आरती थारु र दलित महिला सदस्यमा शिव कुमारी दर्जी (माया) ले उम्मेद्वारी दिनुभएको हो ।
त्यस्तै सदस्यहरुमा बुद्धि बहादुर कार्की (रमेश), कृष्ण प्रसाद पाण्डे, प्रेम खत्री, कृष्ण बहादुर कार्की, शोभाराम अमात्यले उम्मेद्वारी दिनुभएको छ भने लेखा समिति तर्फ संयोजकमा गंगा बहादुर जिसी सदस्यमा कृष्ण घिमिरे (गोपिलाल) र कमला खत्री (कोपिला) ले उम्मेद्वारी दिनुभएको छ ।
झलक बहादुर कार्कीको प्यानलले सामुदायिक वनको संरक्षणमा आधुनिकीकरण सहित आर्थिक पारदर्शिता, समावेशीता उपभोक्ताको अपनत्व हुने गरी व्यवस्थापन गर्ने, सामुदायिक वनलाई पर्यटकीय स्थलको रूपमा रूपान्तरण गर्दै वनभोज स्थल, रमणीय पार्कको व्यवस्थापन गर्ने, वन पैदावारको व्यवस्थापनका साथै उपभोक्ताहरुलाई घाँस, दाउराको क्रममा आवत जावत गर्ने क्रममा सहजताको लागि वन हेरालुको प्रत्यक्ष निगरानीमा वन क्षेत्रभित्र जाने र आउने सहजताको व्यापन गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।
त्यस्तै वन पैदावारको विक्रि वितरण प्रकृयालाई सहन र समानुपातिक ढंगले उपभोक्ताहरूको ईच्छा चाहना अनुरूप व्यवस्थापन गर्ने, उपभोक्ताहरुको नामावली कम्प्युटराईज साथै प्रत्येक वर्ष सहुलियत दरमा नविकरण गरिने, कामको व्यवस्थापन सही ढङ्गले गर्ने, काम गर्ने ईच्छा चाहना हुने उपभोक्ताको नामावली सूचीकृत गरिने प्रतिवद्धतामा उल्लेख छ ।
फजुल खर्चलाई नियन्त्रण गर्ने, हरेक कामको व्यवस्थापन टेण्डर वा कोटेशन प्रकृयाबाट गरिने, काममा विशेष प्राथमिकता उपभोक्तालाई दिने लगायतका प्रतिवद्धता रहेका छन् ।






















