हरि आचार्य, कपिलवस्तु
नेकपा (एमाले) का केन्द्रिय सदस्य एवम् कपिलवस्तु इन्चार्ज गिरधारी लाल न्यौपानेले संविधान र गणतन्त्रको रक्षाका निम्ति एमाले जनप्रदर्शनमा उत्रीएको बताउनुभएको छ । नेता न्यौपानेले देशभर देखिएको प्रतिगामी षड्यन्त्र विरुद्ध जनस्तरको सशक्त उपस्थिति आवश्यक रहेको चर्चा बताउनुभयो ।
एमाले कपिलवस्तुले बाणगंगामा आयोजना गरेको जनप्रदर्शन तथा जनसभामा यस्तो विचार राख्नु भएको हो । एमाले जिल्ला अध्यक्ष बाबुराम खनालले पार्टीको भौतिक संरचना जले पनि विचार नजलेको धारणा राख्दै जनताको पक्षमा निर्भिक रुपमा पार्टी अगाडी बढने धारणा राख्नु भयो ।

अध्यक्ष खनालले लोकतन्त्र र संविधानको रक्षा, शान्ति, सुरक्षा र शुसाशनका निम्ति एमाले सडकमा आउनु परेको स्पष्ट पार्नु भयो । जिल्ला अध्यक्ष खनालले एमाले विरुद्ध जनताम फैलाइएका गलत भ्रम चिरदै पार्टी बचाउदै अगाडी बढने दृढता ब्यक्त गर्नु भयो ।
जनप्रदर्शनमा एमाले केन्द्रिय सदस्यहरु बलराम अधिकारी, सिराज अहमद फारुकी, शुसिल कुमार श्रीवास्तव, एमाले केन्द्रिय लेखा आयोगका उपाध्यक्ष विष्णु प्रसाद पंथी, एमाले नेताहरु झविलाल पोख्रेल, डम्मर शर्मा, अर्जुन कुमार केसी, चक्रपाणी अर्याल, गोपाल थापा लगायतका महत्वपूर्ण नेताहरुले फरक फरक ¥यालीको नेतृत्व गर्नु भएको एमाले कपिलवस्तुले जनाएको छ।

उत्साहजनक जनसहभागिता रहेको जनप्रदर्शनमा जिल्लाका सबै पालिकाहरुको उपस्थिती रहेको एमाले कपिलवस्तुले जनाएको छ।कार्यक्रम जिल्ला अध्यक्ष बाबुराम खनालको अध्यक्षता र जिल्ला सचिव सिवि गहतराजको संचालनमा सम्पन्न भएको एमाले कपिलवस्तुले जनाएको छ ।






















