पुर्णचन्द्र परियार, जीतपुर
महोत्सवको १६ औं संस्करण सम्म आईपुग्दा यी दुई सारथीहरुका नेतृत्वमा सायदै चर्चामा रहन्छ । जिल्लाकै पहिचान सहित क्षेत्रगत हिसावले पनी चर्चामा रहदै आएको कपिलवस्तु महोत्सव २०६५ सालबाट शुरुवात भएको हो ।
यी महोत्सवलाई वेयलफेरले आयोजना गर्दा दर्शकको ध्यान तान्नेगरि हरेक आयोजनामा फरक पन दिन यी सारथीले नयाँ सोच का साथ काम गर्ने भएको ले सवैमा उत्साह समेत छाउने गर्दछ ।
बाणगंगा वेयलफेयर सोसाईटी भन्दा अगाडी बाणगंगा स्पोट्स एण्ड सोसायीटी वाट यस भेगका खेलको प्रतिभा जर्गेना गर्दै खेलाडी उत्पादनमा महत्वपुर्ण सावित , निरन्तर कला संस्कृति संरक्षण, का साथै महत्वपुर्ण दिवसमा वेयलफेरको भुमीका मा देखिने यी जोडि समाजमा आर्थीक नैतिक जिम्मेवारीबाट समेत कहिले चुकेनन्
बाणगंगा वेलफेयर सोसाइटीको आयोजनामा “कृषि उद्योग पर्यटन तथा खेलकुदमा लगानी : युवाको हातमा सुनौलो विहानी ”भन्ने मुल नाराका साथ चार नम्बर जितपुर स्थित बुद्ध रंगशालामा आयोजना हुन लागेको महोत्सवले यस क्षेत्रकै ध्यान तानेको छ ।
विद्यार्थी जीवन संगै निरन्तर सामाजिक अभियानमा अभियान्ता बनेका यी मध्येका एक पात्र हुन महोत्सवका निर्देशक एवं वेयलफेयरका महासचिव बुद्धि बहादुर रोका ( दिनेश)
आगामी महोत्सव विगत भन्दा पृथक भव्य र विकासमुलक बनाउन विभिन्न क्षेत्रको कला, संस्कृति जर्गेना, कृषि पर्यटन र व्यवसायीक प्रर्वद्धन आयोजक बाणगंगा वेयलफेयर सोसाईटिका महासचिव दिनेश क्षेत्रीले बताएका छन ।
उनी संगै सहयात्रामा नेत्रित्वदायी भुमीकाका पात्र हुने वेयलफेयरका अध्यक्ष एवं महोत्सवका संयोजक राज कुमार खाँण उनी सातौ कपिलवस्तु महोत्सवमा कार्यवाहक अध्यक्षबाट महोसंवको संयोजकको जिम्मेवारी सम्हालेका थिए । महोत्सवको सर्वाधिक संयोजक अर्थात नेतृत्व गर्ने अवसर समेत उनले चुकाएका छ्रैनन् । हाल वेयलफेयरको आयोजनामा सातौ पट्क महोत्सव लागि रहदा उनले सातौ नवौं , एघारौ, चौधौ र सोह्रौ गरि ५ पट्क नेतृत्व गर्दैछन् । ७ वर्ष कोरिया बसेर आफ्नै मात्रृभुमीमा केही गर्ने हुटहुटीका साथ फर्केका खाँण क्लवको नेतृत्वमा शालिनता ,हसिलो शैली र काम गर्नेलाई प्रोत्साहन गर्दै काम गर्ने अनि कुरा गर्ने भन्ने मान्यता राख्छन् । उनी नेतृत्व पावरमा क्षमतावान भएकै कारण फौजी शैलीको चेन अफ कमाण्ड जस्तै कमाण्डीङ्ग गर्नु उनको विशेषता भएको क्लवका सदस्यहरुको ठम्याई छ । उनको नेतृत्वमा सवै सदस्यहरु अडिग छन् ।
यस पट्कको महोत्सवले उद्यमशिलता व्यवसायिक तथा कृषि क्षेत्रको प्रर्वद्धन, कृयाशिल लघु , मझौला तथा ठुला उद्योगहरुको प्रचार प्रसार, यस क्षेत्रका धार्मिक पर्यटकिय क्षेत्रको प्रर्वद्धन, लागु औषध विरुद्धमा सहयोग गर्ने लगाएतका उदेश्य रहेको खाँण बताउछन् ।
महोत्सव सवैको साझा भएको हुदा सवैको अपनत्वहुने गरि व्यवस्थापन सहित जिल्लाको पहिचान बोकेको महोत्सव बनाउन सवैले हातेमालो गर्नुपर्ने वेलफेयर सोसाईटीका अध्यक्ष एवं महोत्सवका संयोजक राज कुमार खाँणले बताए । महोत्सवका विगतका अनुभव र साझा सरोकारका विषय सहित महोत्सवलाई प्रभावकारी बनाउन चरणमाबद्ध काम भैरहेको बताए ।

महोत्वसमा यस क्षेत्रका विभिन्न उत्पादनहरुको प्रर्दशनी तथा कृषि र पर्यटनको प्रर्वद्धनका लागि विभिन्न स्टलहरु महोत्सवमा रहने जनाईएको छ । महोत्सवमा संघ संस्था समन्वय, डान्स आईडलको अडिसन,स्टलको काम अव शुरु हुने , छपाई तथा प्रचार प्रसार , सरोकारवाला निकायसग छलफल तथा अर्न्तरक्रिया, लगाएतका कामहरु भैरहेको आयोजकले जनाएको छ । यसपाली महोत्सवमा फिस,टनेल जलपरि देखि विभिन्न रोचक दृश्यहरु रहने छपाई संयोजक गोविन्द आचार्यले बताए ।
महोत्सवमा वेलफेयरले विगतमा राष्ट्रिय तथा अन्तराष्ट्रिय रेस्लिङ्ग प्रर्दशन , कपिलवस्तुको आकासमा घण्टौ हेलिकप्टर उडाएर महोत्सवका दर्शक तथा अतिथिहरुलाई हेलिकप्टरबाट पुष्प वर्षाले स्वागत लगाएतका पृथकता ल्याएका थिए । जसमा महोत्सव अवलोकन गर्नेहरु सस्तो मुल्यमा आफ्नै भुमीमा हेलिकप्टर सयर गर्नुले पनी चर्चा बटुलेको थियो । यसपाली पनी फरकपन दिनेगरि आयोजक लागि परेको बताईएको छ ।






















