श्री प्रमुख ज्यू प्रेस काउन्सिल नेपाल तिलगंगा, काठमाण्डा
बिषय : पुर्नयोग सम्बन्धमा
उपरोक्त सम्बन्धमा लुम्बिनी प्रदेशको कपिलवस्तु जिल्लामा प्रधान कार्यालय र रुपन्देहीको मणिग्राममा शाखा कार्यालय रहि प्रदेशभरका ८ जिल्लामा पत्रिकाको उपस्थिति पत्याउदै आएको लुम्बिनी दर्पण साप्ताहिक लोकतन्त्र र विधिको शासनको पक्षमा निरन्तर अविचलित र अविराम यात्रामा छ।
निष्पक्ष निडिर र स्वतन्त्र पत्रकार समाचारमुलक सामाग्री र विचार प्रवाह गरेकै कारण लुम्बिनी दर्पण साप्ताहिक नेपाली संचार जगतमा मुलधारको रुपमा संचालित हुदै आएको छ । प्रदेशका ८ जिल्लामा संवाददाता रहि ८ वर्षदेखि निरन्तर प्रकाशित हुदै आएको पत्रिका प्रकाशनबाट नै ख वर्ग मा निरन्तर सुचिकृत हुदै आएकामा हालै प्रकाशित नतिजाबाट (ग मा पर्नु अन्यायपुर्ण र विभेद भएको हाम्रो ठहर छ । पत्रिका साप्ताहिक भएपनी यसको मूल मर्म र जनताका भावना तथा समाज रुपान्तरण जनजिविकाका सवालमा सशक्त रुपमा लेखन वृद्धि गर्न ठुलो जनशक्ति राखि जिम्मेवार प्रकाशन प्रणालीमा गैरहेको बेला उच्च वर्गमा जानुपर्ने बेला अन्य पत्रिका सरह अवमुल्यन गर्नुले र कोरोना महामारी पश्चात पछिल्लो समय डिजिटल माध्यममले पत्रपत्रिका ओझेलको सामाना गर्दै पठनयोग्य बनाउदै आएको बेला यस किसिमको कार्यले हामीलाई निराश तुल्याएको छ । अत पत्रिकाको पुर्नयोगको सहित उचित मुल्याङकनको माग गर्दछौ ।