कपिलवस्तु, बैशाख २९
हरेक साहारा विहिनहरुको साहारा बन्दै आएका नेपाल तरुणदल कपिलवस्तु र नेपाल विद्यार्थी संघ (नेविसंघ) क्षेत्र नं.१ ले कपिलवस्तुको बुद्धभूमिका आगलागी पिडित परिवारलाई राहत प्रदान गरेका छन् । बुद्धभूमी नगरपालिका ५ राजपुर चौरीमा रहेको एक घरमा आगलागी हुँदा लाखौको क्षती भएको थियो । खाना पकाउन बालेको आगोे सल्कदा घर जलेर पूर्ण रुपमा नष्ट भएको थियो । आगलागिको समाचार थाहा पाउन साथ नेपाल तरुणदल र नेविसंघले पुगेर राहत प्रदान गरेका हुन् ।
सेवा भावनाले जिल्ला भरि यसरि खटिरहेका युवाहरु पिडितहरुको सारथिनै बनेका छन् । आईतवार दिउँसो स्थानीय खिम बहादुर थापाको घरमा आगलागी भएको थियो । दिउँसो भएको आगलागी स्थानीयको सहयोगमा करिव २ घण्टा पछि नियन्त्रणमा लिएको थियो । आगलागीबाट कुनै मानविय क्षति भएको छैन भने घरमा राखिएका लक्ताकपडा, भाँडाकुडा, खाद्यान्न काठ लगायत गरी लाखौको क्षति भएको छ ।
लकडाउनले समस्या परेका बेला घर जलेपछि उक्त परिवार बिचल्लीमा परेको छ । बिचल्लीमा परेकाको साहरा बनेका तरुणदल र नेविसंघका युवाहरुले लक्ताकपडा र खाद्यान्न सहयोग गरेका छन । राहत पाउन साथ पिडित परिवारलाई केहि सहज भएको भनाई छ ।
राहत वितरणमा तरुणदल जिल्ला सभापति शक्ति शिहं ठकुरी, नेविसंघ क्षेत्र न. १का सभापति चन्द्रकान्त पोख्रेल,महिला संघ जिल्ला सभापति मिना के सि नेविसंघका मिन थापा, रुपक खनाल, अच्युत अर्याल, कल्याण खनाल, दिपक घिमिरे, मोहन आचार्य, वसन्त के सि लगायतको उपस्थीति रहेको थियो ।