रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

[sharethis-inline-buttons]

पाल्पा । पाल्पा जिल्ला स्थित रामपुर नगरपालिका १० सिको डाँडा टोलकी एक युवती पछिल्लो एक सातादेखि बेपत्ता भएकी छन् । वर्ष २७ की सविना खनाल (भण्डारी) गाउँबाट नै वेपत्ता भएको उनको परिवारले बताएको छ ।

यही श्रावण १ गते बिहान करिव १०.३० बजेको समयमा स्वास्थ्य उपचारका लागी नजिकैको स्वास्थ्य चौकी जान भनी हिडेको तर अहिले सम्म परिवारको सम्पर्कमा नआएको आमा शान्ति खनालले बताउनु भएको छ ।

गत माघ महिनामा विवाह गरेकी उनी एक हप्ता देखी घर परिवारको सम्पर्कमा नआए पछि उनको खोजी चौतर्फी गरेको परिवारिक स्रोतले बताएको छ । उनको अबस्था हाल सम्म पत्ता लगाउन नसकेको परिवारले जनाएको छ ।

सविना सम्पर्क विहिन भएपछि यता घरपरिवार चिन्तामा परेका छन् । लामो समय सम्म छोरी सम्पर्क विहिन भए पछि उनको परिवारले प्रहरी,पत्रकार,मानवअधिकारवादी संघ संस्था लगायत सबैसँग खोजी गरीदिन आग्रह गरेको छ । सविनालाई लाई फेला पार्ने जो कसैले पनि नजिकको प्रहरी कार्यलयमा सम्पर्क गरी सहयोग गरीदिन आग्रह समेत गरेको छ । सविना लाइ फेला पार्नेहरुले आधिकारीक नम्बर वा ९८६९९४८८१५, ९८४७३७३८५४, ९७४२३४५६९८ मा समेत सम्पर्क गर्न पारिवारीक स्रोतले आग्रह गरेको छ ।


प्रकाशित : २०८० श्रावण ७, आईतवार १७:५४