यसपालीको कपिलवस्तु महोत्सवमा भाइरल गेट आउने भएपछि बढ्यो सवत्र चाँसो
ओम प्रकाश पौडल
९ मंसिर, सिद्धिपुर ।
कपिलवस्तु महोत्सवमा यस वर्ष भाइरल गेट९प्रवेश द्धार० बन्न लागेको चर्चाले सर्वत्र चाँसो बढेको छ ।
कपिलवस्तु उद्योग वााणिज्य संघको आयोजनामा यहि मंसिर १७ गतेदेखि सुरु हुन गइरहेको १७ औँ कपिलवस्तु महोत्सव, कृषि पर्याटन तथा औधोगिक प्रदर्शनी २०८३ मा सेल्फी खिच्दै गेटबाट चडेर प्रवेश गर्ने मौका मिल्ने भएको चर्चा संगै दर्शकहरु महोत्सवको व्यग्र प्रतिक्षामा रहेको पाइएको हो ।
कपिलवस्तु महोत्सवमा यस पटक भाइरल गेट, बुद्ध स्तूपा, मूर्ति तथा महोत्सवलाई ब्यागराउण्डमा राखेर सेल्फी खिच्ने अवसर दर्शकहरुले यस क्षेमै पहिलो पटक पाउँदै हुनुहुन्छ, गेट मात्रै होइन स्टेज, प्रवेश गर्ने बाटो सहित समग्रमा महोत्सवको् परिषरलाई सिगार्ने कुरामा हामी दत्तचित्त भएर लागेका छौँ, अझ भनौँ यस पटक जेनजी युवाहरुको मनोभावनालाई अधिकतम समेटेर अगाडी बढ्न खोजेका छाँै यसमा सबै तह तप्का र क्षेत्रबाट अटुट साथ रहनेछ, गेट तथा मञ्च व्यवस्थापन उपसमिति संयोजक इन्द्र पोख्रेलले भन्नुभयो ।
यसपटक स्टेज, स्टल, गेट, बाल उद्यान, साँस्कृतिक कार्यक्रम, स्थानीय उत्पादन तथा पर्यटन लगायतका सबै पक्षमा सर्वोत्कृष्ट प्रस्तुत गर्ने लक्ष्य रहेको छ।
कपिलवस्तु उद्योग वाणिज्य संघको पहलमा होस्टेमा हैसे गर्दै वाणगंगामै गत वर्ष दुई वटा महोत्सव लागेकोमा यस वर्ष त्यसो नहुने गरि तयारी अगाडी बढेपछि यतिवेला बुद्धरंगशाला र कपिलवस्तु उद्योग वाणिज्य संघको कार्यालय परिसर महोत्सवमय बनेको छ ।
महोत्सव मूल आयोजक समिति महोत्सवलाई सफलिभूत बनाउन अहोरात्र खटिएको देखिन्छ ।




















