कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

[sharethis-inline-buttons]

रामु यादव, शुद्धोधन
कपिलवस्तुमा खेतमा धान रोप्ने क्रममा चट्याङ् लागेर एक महिलाको ज्यान गएको छ ।

कपिलवस्तुको जिल्लाको शुद्धोधन गाउँपालिका वडा नं.२ भुसुडी निवासी ३५ बर्षिया सबा खातुनको ज्यान गएको हो ।

प्रहरी चौकी लवनीको समन्वयमा पोस्टमार्टमका लागि जिल्ला अस्पताल तौलिहवा लैजाने तयारी गरिएको छ ।

खातूनको खेतमा धान रोप्ने क्रममा अचानक चट्याङ (चिर्री) पर्दा मृत्यु भएको हो।


प्रकाशित : २०८० असार २९, शुक्रबार १९:३२