क्वारेन्टाईन, आईसुलेशन निर्माणमा सहयोग पुर्याउन (नेकपा) कपिलवस्तुको आग्रह

[sharethis-inline-buttons]

लुदअ कपिलवस्तु, जेठ १३
कोभिड १९ ले कपिलवस्तुलाई मूख्य केन्द्र बनाएपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कपिलवस्तुले आफ्नो ध्यान केन्द्रित गर्दै जनवर्गिय संगठन र पार्टी कार्यकर्तालाई कोरनटाईन र आसुलेशन निर्माण कार्यमा लाग्न विज्ञप्ती मार्फत आग्रह गरेको छ । नेकपाका जिल्ला अध्यक्ष झविलाल पोख्रेल र जिल्ला सचिव रामचन्द्र शाह (विष्णु) संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै राष्ट्रिय युवा संघ नेपाल, अनेरास्ववियु लगायतका सवै जनवर्गिय संगठन, पार्टी कमिटी, एवम् सम्पूर्ण पार्टी कार्यकर्ता, शुभेच्छुकलाई परिचालित हुदै जिल्लामा निर्माण हुने कोरनटाईन र आसुलेसन निर्माण कार्यमा महत्वपूर्ण योगदान पु¥याउन अपिल गर्दछौ भनिएको छ ।

जारी विज्ञप्तीमा यो जटिल परिस्थतीमा आफु पनि बाच्ने र अरुलाई पनि बचाऔं भन्ने मूल भावबाट अभिप्रेरित हुदै जिल्लाका कोभिड नियन्त्रणका सबै कार्यमा स्थानिय तहलाई विशेष सहयोग पु¥याउन भनिएको छ ।
विज्ञप्ती मार्फत कोभिड १९ पोजेटिभ देखा पर्नुहुने सबै नेपालीलाई उच्च मनोवलका साथ धैर्य धारण गर्नुहुन आग्रह गर्दै शीर्घ स्वास्थ्य लाभको कामना गर्दछौ भनिएको छ ।

यस संकटको समयमा अग्रभागमा खटिनुहुने सम्पूर्ण स्वास्थ्य कर्मी, सुरक्षाकर्मी प्रति उच्च सम्मान प्रकट गर्दै जनप्रतिनिधी एवम् संचारकर्मीले खेलेको भूमिका प्रति प्रशंसा ब्यक्त गर्दै यस संकटका बेला सम्पूर्ण नेपाली एकजुट भएर अगाडी बढने विश्वास प्रकट गर्दछौं उल्लेख गरिएको छ ।


प्रकाशित : २०७७ जेष्ठ १३, मंगलवार ०२:३५