राहत वितरणमा नेविसंघ क्षेत्र नं.१ र तरुण दल कलिवस्तुको निरन्तरता, विपन्न र विद्यार्थीको घाउमा मलम लगाउदै

हरि आचार्य कपिलवस्तु, चैत्र २८

विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को संक्रमण फैलिन नदिन सरकारले लकडाउन घोषणा गरेसंगै गरिव, विपन्न तथा मजदुरीहरु संकटमा परेका छन् । स्थानिय तह, प्रदेश सरकार तथा अन्य सामाजिक संस्था भन्दा अघिनै गरिव, विपन्नको घरमा पुगि राहत बितरण गसिकेका नेपाल विद्यार्थी संघ (नेविसंघ) क्षेत्र नं.१ र नेपाल तरुण कपिलवस्तुले उक्त सामाजिक कार्यलाई निरन्तरता दिईरहेका छन् । हरेक गरिव, विपन्न तथा ज्याला मजदुरहरुको घाउमा मलम लगाउदै आएका नेविसंघ र तरुण दलले दुर्ब्यसनमा फसि सुधार केन्द्रमा राखिएका ३० जनालाई राहत सामग्री प्रदान गरेको छ ।

लागु औषधमा फसि उपचाररत राजेश आस्था फाउन्डेसनका व्यक्तिहरुलाई चामल, दाल, तेल, नुन, तरकारी, बिस्कुट र चाउचाउ वितरण गरिएको क्षत्रीय सभापति चन्द्रकान्त पोख्रेलले जानकारी दिए । त्यस्तै वाणगंगा १ उप्टहवा गाउँमा नगरपालिकामा सिफारिस नभएका तर अति बिपन्न्न परिवार र केही बाहिरी जिल्ला बाट आई डेरा गरि बस्ने विद्यार्थीलाई चामल दाल नुन तेल र तरकारी सहयोग गरिएको तरुण दल कपिलवस्तुका सभापति शक्ति सिंह ठकुरीले जानकारी दिए । कोठमा भाडामा बसी अध्ययन गर्ने विद्यार्थीहरु तथा गरिवहरु गरि १५ घर धुरिलाई राहत वितरण हस्तान्तरण गरिएको हो ।

राहत वितरणमा कार्यक्रममा नेपाल तरुण दलका जिल्ला अध्यक्ष शक्ति सिंह ठकुरी, नेविसंघ क्षेत्रीय सभापति चन्द्रकान्त पोख्रेल, क्षेत्रीय अध्यक्ष तिलक थापा नेविसंघका इकाई सभापति दिनेश क्षेत्रीको उपस्थिती रहेको थियो । वडा नं. १ का सदस्य सन्जु शारुको विशेष पहलमा हस्तान्तरण गरिएको थियो। नगरपालिका बाट कोठा भाडामा बस्ने विद्यार्थी बर्गहरु र अन्य ब्यक्तिहरु छुट्न गएको छ ती ब्यक्तिहरुलाई नेविसंघले आव्हान गर्दै सहयोग गर्दै हिडेको पाईन्छ।

लकडाउनको समयमा पनि नेविसंघ र तरुण दलका नेताहरु आफ्नो स्वास्थको पनि ख्याल नगरी जनताको सेवामा लागि परेको पाइएको छ । अरुबेला विद्यार्थीका हक र हितका नारा लगाउने संघठनहरु यो बेला निष्क्रिय रहेको बेलामा नेपाली कांग्रेसका भातृ संगठन नेविसंघ क्षेत्र नं. १ र तरुण दल कपिलवस्तुले उदाहरणिय कार्य गर्दै आएका छन् ।

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *