पिडितको घाउमा नेविसंघ र तरुण : विधार्थी, आगलागी पिडित, विपन्न देखि फाउन्डेसन सम्म राहत

[sharethis-inline-buttons]

लुदअ कपिलवस्तु, चैत्र २८

जिल्लामा केहिवर्ष यता दरुण दल र विधार्थी संघ को परोपकारी कार्यले विपन्न परिवारमा आसाको शाहस पलाएको छ ।
चाहे पक्ष हो चाहे प्रतिपक्ष कुनै विभेद नगरि गरिवको घाउमा तत्काल मलम लगाउने काममा यी दुई भातृ संगठन् निरन्तर अगाडी बढेका छन् ।
आगोलागि देखि विपन्न वस्ति हुदै जाडो ले कठ्ठाङ्एिका खुल्ला आकास मुनिका बस्ती र भोकमा भोजन बनेका छन् यी संघ , जसले गर्दा कैयौले आफ्नो पढाईमा निरन्तरता दिन, पाएका छन् भने कतिले त नयाँ जिवनको अनुभुती गरेको पाईएको छ ।

यसरी व्याक्तिगत स्वार्थ भन्दा माथि उठेर जुटेका यी हातहरुलाई कहि कतै सहयोगि मनहरुले आ— आफ्नो ठाउँबाट भौतिक नैतिक र आर्थिक सहयोग गर्न पनी पछी नहटने प्रेरणादायी मनहरु बढ्न थालेको नेपाल विधाथी संध क्षेत्र नं १ का क्षेत्रीय सभापती चन्द्रकान्त पोख्रेल बताउछन् ।

पछिल्लो समय देश लकडानका कारण विपन्न बस्तिमा पुग्ने पहिलो राहत समेत यी हातहरुले उठाए , लकडाउन अवधिभर यसरी पछिल्लो समय विभिन्न प्रकृतिका गरि करिव ५ सय परिवारमा राहत वितरण गरेको तरुण दलका जिल्ला सभापती शक्ति सिंह ठकुरीको भनाई छ । राज्यको उपस्तिथिमा ठिलाई भैरहेको बेला तल्लकाल विपन्न परिवार , विधार्थी देखि समस्यामा परेकाहरुलाई राहत वितरण गरिएको दरुण दल क्षेत्रीय सभापती तिलक थापाले बताए ।


प्रकाशित : २०७६ चैत्र २८, शुक्रबार ०९:४५