पूर्व माओवादीका लडाकुहरु ओली पक्षमा आउने लहर छ : नेता बस्नेत

लुदअ कपिलवस्तु, माघ १२
नेपाल कम्युनिष्ट पार्टी नेकपाका ओली समूहका नेता महेश बस्नेतले संसद पुनः स्थापना नहुने दावी गर्नुभएको छ । संसद पुनस्थापना नहुने भएपछि अहिले सेटिङ भनेर जनतामा भ्रम फिजाएको बताउनुभयो । केहि अवसरवादीहरुले सरकारलाई असफल बनाउन लागेपछि प्रधानमन्त्री ओलीले जनतामा जाने निर्णय गरेको उहाँले बताउनुभएको छ ।

कपिलवस्तुको चन्द्रौटामा युवा संघका पदाधिकारीहरु सग भेटघाटका क्रममा नेता बस्नेतले पूर्व माओवादीका लडाकुहरु ओली पक्षमा आउने लहर चलेको बताउनुभयो । प्रचण्ड नेपाल समुह एउटा गुटको समुह रहेकोले निर्वाचन आयोगले प्रधानमन्त्री ओली नेतृत्वको नेकपालाई आधिकारीकता दिने बताउनुभयो । नेता बस्नेतले पृथ्वीनारायण शाहले राज्य एकिकरण गरेपछि पहिलो पटक प्रधानमन्त्री ओलीले आफ्नो गुमेको भुमी फिर्ता ल्याउन पहल गरेको बताउनुभयो । अहिलेको सरकारले राम्रो काम गरेका कारण जनतामाझ लोकप्रिय भएकोले त्यो देख्न नसक्नेले पार्टी विभाजन तर्फ लागेको तर्क राख्नुभयो ।

उहाँले प्रचण्डलाई महत्वकाक्षी र माधव नेपाललाई कुण्ठाको संज्ञा दिनुभयो । जनताको मनमा केपी ओली नेतृत्वको नेकपा रहेकोेले आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउने दावी गर्नुभयो । पूर्व माओवादीका धेरै नेताहरु ओली पक्षमा आउने क्रम जारी रहेकोले पूर्व एमालेका सबै नेता बैशाख सम्म ओली नेतृत्वमा आउने जनाउनुभयो । कार्यकारी अध्यक्षको रुपमा प्रचण्डलाई जिम्मा दिएपनि तीन वर्ष सम्म पार्टी एकताको केहि काम गर्न नसकेकोले नेता बस्नेतले आरोप लगाउनुभयो ।

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *