अनेरास्ववियु कपिलवस्तुको सह इन्चार्जमा आचार्य

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

हरि आचार्य, कपिलवस्तु
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कपिलवस्तुको सह इन्चार्जको जिम्मेवारी गोबिन्द प्रसाद आचार्य (विकास) लाई प्रदान गरिएको छ । आचार्य अनेरास्ववियुको जिल्ला अध्यक्ष हुंदै अहिले बुद्धभूमि नगरपालिका वडा नं. ३ को वडाध्यक्षको जिम्मेवारी पुरा गर्दै आएका छन् । त्यस्तै अनेरास्ववियु कपिलवस्तुको इन्चार्जको जिम्मेवारी टुकलाल गैरेलाई प्रदान गरिएको छ । गैरे अनेरास्ववियुको केन्द्रिय तथा सचिवालय सदस्य रहेक आफ्नो जिम्मेवारी पुरा गर्दै आएका छन् ।

नेकपा एमाले कपिलवस्तु जिल्ला कमिटीको बैठकले जनवर्गीय संघसंगठनका इन्चार्ज तोक्ने क्रममा विद्यार्थी इन्चार्ज तोकेको हो । ईन्चार्ज गैरे र सह ईन्चार्ज आचार्यले विद्यार्थीको संगठनलाई अझ प्रभावकारी बनाउदै लैजाने प्रतिवद्धता व्यक्त गरे ।

नेकपा एमाले कपिलवस्तु जिल्ला कमिटीको बैठकले जनवर्गीय संघसंगठनका इन्चार्ज तोक्ने क्रममा विद्यार्थी इन्चार्ज तोकेको हो ।


प्रकाशित : २०७८ बैशाख ५, आईतवार १४:४८