लुदअ कपिलवस्तु, वैशाख १०
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठकले कपिलवस्तुको ईन्चार्जको जिम्मेवारी राष्ट्रिय सभा सदस्य विमला घिमिरेलाई प्रदान गरेको छ ।आजको बैठकले नेताहरुको कार्यभिजान गरेको थियो । कार्यविभाजनअनुसार २६५ जना नेताहरुलाई जिम्मेवारी दिइएको छ ।
कार्यविभाजनअनुसार घिमिरेलाई कपिलवस्तुको ईन्चार्जको जिम्मेवारी दिइएको हो। जिम्मेबारी पाएपछि संक्षिप्त प्रतिक्रिया दिदैं घिमिरेले नेकपा एमाले कपिलवस्तुलाई नया जोस जागरका साथ एकताबद्ध बनाएर लैजाने बताईन् ।





















