लुदअ कपिलवस्तु १८ वैशाख
१३२ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) कपिलवस्तुले शुभकामना सन्देश जारी गरेको छ । प्रेस विज्ञप्ती मार्फत पार्टीले सम्पूर्ण श्रमजिवी वर्गका समुदायलाई शुभकामना व्यक्त गरेको हो ।
पार्टीका जिल्ला संयोजक झविलाल पोख्रेलको हस्ताक्षर रहेको प्रेस विज्ञप्तीमा सम्पूर्ण श्रमिकहरुको सु–स्वास्थ र प्रगतिको शुभकामना व्यक्त गरिएको छ । ‘नयाँ भेरियन्ट सहित देखापरेको कोरोना भाइरसको संक्रमणबाट बच्न हाल नेपाल सहित संसारका अधिकांश देशहरु संघर्षरत रहेका छन् ।’ विज्ञप्तीमा भनिएको छ । ‘कोरोना संक्रमणको जोखिम न्यूनीकरण गर्न गरिएका बन्दाबन्दी तथा निषेधाज्ञाको कारण श्रमजीवी मजदुरहरुको रोजगारी पुनः गुम्ने अवस्था आएको छ ।
जसबाट दैनिक ज्याला गरेर जीविकोपार्जन गर्ने निम्न वर्गीय श्रमजीवी मजुदर वर्ग मारमा परिरहेको अवस्था छ । यस्तो अवस्थामा विशेष राहत तथा सहयोगका प्याकेज निर्माण गरी तत्काल लागू गर्न सबै तहका सरकारलाई अनुरोध गर्दछौं ।’ विज्ञप्तीमा भनिएको छ ।
देशका विभिन्न स्थानहरुबाट आफ्नो घर फर्किने क्रममा अलपत्र परेका मजदुर र अन्य जन–समुदायलाई सुरक्षित रुपमा गन्तव्यमा पु¥याउन सबैलाई अनुरोध गर्दछौं । विज्ञप्तीमा उल्लेख छ । ‘कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारद्वारा जारी गरिएको स्वास्थ्य सम्बन्धी निर्देशनहरु पलना गरी कोरोना भाइरसको संक्रमणबाट आफु बच्दै अरुलाई पनि बचाउन श्रमजिवी जनसमुदायमा अपील गर्दछौं ।’
‘हाम्रो पार्टी सदैब श्रमजिवी मजदुरको पक्षमा रहेको हुँदा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’को नारालाई सकार पार्न हाम्रो पार्टी सदैव प्रतिवद्ध रहेको स्मरण गराउदै समस्त मजदुर वर्गको सुख, शान्ति र समृद्धिको कामना गर्दछौं ।’ सन्देशमा भनिएको छ ।


















