
तिलोत्तमा शंकरनगर सामूदायिक वन उपभोक्ता समूह तिलोत्तमा १–४ को २१ औं वार्षिक साधारण सभामा सम्पन्न भएको छ । साधारण सभालाई सम्बोधन गर्दै नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशका पूर्व उद्योग, पर्यटन बन तथा वातावरण मन्त्री लिला गिरीले सामूदायिक बनको जग्गा अतिक्रमण गर्न खोज्नेहरुका बिरुद्व सर्वोच्च अदालतले जनताको पक्षमा स्वागतयोग्य निर्णय गरेको बताउनुभयो । कार्यक्रममा बोल्दै डिभिजन वन कार्यालय रुपन्देहीका प्रमुख बोदराज सुवेदीले वन ऐन बन्न नसकेको बताउंदै वन ऐन बनाएर कार्यान्वयनमा ल्याउनु पर्नेमा जोड दिनुभयो । शंकरनगर सामूदायिक वन उपभोक्ता समूह तिलोत्तमा १–४ का अध्यक्ष रिवन्द्र बस्नेतले वनको दीगो विकासका लागि सबैको साथ सहयोग चाहिने बताउंदै स्थानीय उपभोक्ताको हितमा काम भएको बताउनुभयो । .कार्यक्रममा वरिष्ठ अधिवक्ता गोपाल पाण्डे अल्क्षी, वनका सल्लाहाकार टेकबहादुर थापा, एमाले तिलोत्तमा नगरका नगर अध्यक्ष तामनाथ पाण्डे, नेकपा माओवादी केन्द्रका बेलप्रसाद शर्मा, जनमुक्ति पार्टीका भुमबहादुर बुढा, पूर्व अध्यक्ष केशव न्यौपाने, करैया सामाूदायिक वनका अध्यक्ष खेमप्रसाद गौतम, शारदा तिवारी, गीता बस्याल, लोकनाथ पाण्डे लगायतले बोल्दै वनको संरक्षण र दीगो विकासमा सहयोग पुराउने प्रतिवद्वता जनाउनुभएको थियो ।

