नेकपा एमाले सरकारमा हुँदा जस्तो उत्साह अहिले छैन ः खिमलाल भट्टराई

[sharethis-inline-buttons]

लुदस,कपिलवस्तु । नेकपा एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा उत्साह अन्य सरकारले दिन नसकेको एमाले पोलिटव्युरो सदस्य तथा कपिलवस्तु जिल्ला इन्चार्ज खिमलाल भट्टराईले बताउनु भएको छ । जिल्ला पार्टी कार्यालय तौलिहवामा बसेको सल्लाहकार समितिको बैठकमा उहाँले ओली नेतृत्वको सरकार ढले पछि देशको अवस्था खस्किदै गएको बताएका छन् ।

एमाले नेतृत्व हुँदा शेयर बजार, आर्थिक पक्ष, विकासका कुराले लय समाएको नेता भट्टराईले बताए । अहिले त्यो माहोल देखिदैन । अर्थतन्त्र विग्रदो छ । जनतामा निराशा मात्र छ । देशको जर्जर अवस्थाको निकाश दिन एमालेको नेतृत्व चाहिने दावी गरेका छन् । अहिले देशमा आर्थिक संकट छ । यस्तो अवस्था देशमा कुनै कालखण्डमा पनि भएको छैन । जहिले सम्म सत्ता गठवन्धन टिक्छ त्यो बेला सम्म यस्तै असन्तुष्टी र निराशा हुने बताए। गठवन्धनको अयोग्यताको कारणले देशको विकास अझ पछाडी पर्ने भट्टराईले बताए ।
कार्यक्रममा बोल्दै एमाले केन्द्रीय सदस्य गिरिधारीलाल न्यौपानेले केपी ओली नेतृत्वको सरकार पछि कपिलवस्तु जिल्लामा विकासमा कामले गती नलिएको जिकिर गरेका छन् । बैठकमा जिल्ला अध्यक्ष डम्मर शर्माले जिल्लामा भएका पार्टी गतिविधिको विषयमा प्रकाश पारेका थिए ।

एमाले पूर्व अध्यक्ष झवीलाल पोख्रेलले सल्लाहकार हरुको बैठकले पार्टी एक माना एकताका साथ अगाडी बढ्नेमा विश्वार गरेका छन्। बैठकमा संघिय सांसद केन्द्रीय सल्लाकार मंगल प्रसाद गुप्ता, केन्द्रीय सल्लाहकार काषिराम बेल्वासेले सल्लाह सुझाव राख्नु राखेका थिए। कार्यक्रममा एमाले जिल्ला उपाध्यक्ष विश्राम चौधरी, उप सचिव शुशिला दर्लामी, जिल्ला संमन्वय समितीका संयोजक बाबुराम आचार्य, एमाले नेता बाबुराम खनाल, धर्म भुसाल, द्रोणराज सुवेदी, मेराज खाँ, धनु अधिकारी लगायतले सुझाव दिएका थिए । कार्यक्रमको अध्यक्षता जिल्ला सल्लाहकार परिषदका अध्यक्ष उपेन्द्र खनाल र सञ्चालन पार्टी सचिव सिवि गहतराजले गरेका थिए।


प्रकाशित : २०८० कार्तिक १६, बिहीबार १८:२०