ताजा अपडेट

मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

नयाँ शैक्षिकसत्र आजदेखि सुरु

नेकपाले बनायो संविधान संशोधन कार्यदल

राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

मोहन न्यौपाने प्यानलका युवा उम्मेद्वारको यस्तो छ व्यवसायीक र सामाजिक परिचय !

Lumbini Darpan 2 २०८० माघ २४, बुधबार ०६:२१
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु

कपिलवस्तु उद्योग वाणिज्य संघको १६ औँ बार्षिक साधारण सभा सकिएको छ भने ८ औँ अधिवेशन सुरु भएको छ । हालसम्म नेतृत्वका लागि गँणेश बहादुर क्षेत्री, मोहन न्यौपाने, लक्ष्मण कँडेल र रमेशचन्द्र भुसालले दावि गरेका छन् ।काँग्रेस, माओवादी, नेकपा एस, जनमोार्चा र राप्रपा दलहरु मिलेर ५ दलिय गठबन्धन नै तयार गरी गँणेश बहादुर क्षेत्री नेतृत्वको प्यानल खडा गरेका छन् ।
यता युवा व्यवसायी मोहन न्यौपानेले ४० वर्ष मुनिका युवाहरु समेटेर आफ्नै समुह बनाउनुभएको छ भने एमाले अध्यक्ष डम्मर शर्माले नितान्त उद्योगी व्यवसायीहरुको संस्थाको नेतृत्वका निम्ति आफ्नो पार्टीको तर्फबाट कुनै पनि किसिमको हस्तक्षेप वा ह्वीप नलाग्ने कुरा सार्वजनिक रुपमै प्रष्ट पार्नुभएको छ ।

स्थापनाकाल देखि हालसम्म संस्थाको गरिमा एवं उचाईका निम्ति आफ्नो महत्वपुर्ण योगदान रहेकाले एमाले काँग्रेस, माओवादी रास्वपा निकटका सबै व्यवसायीले आफूलाई विश्वास गर्ने र संघको नेतृत्व पाएपछि सबैलाई मिलाएर लैजाने आफू संग क्षमता रहेको दावी गर्नुभएका मोहन न्यौपाने संघको विभिन्न समिति उप– समिति हुँदै कोषाध्यक्ष र हाल लेखा समिति संयोजकको जिम्मेवारी कुशलतापुर्वक सम्हाल्नुभएको छ । उहाँले वैरीयामो बाणगंगा अटो ट्रेडर्स, गजेहडामा महाशक्ति एग्रो ईण्डष्ट्रिज र बैरीयामै जय भुमि बिजनेस गु्रप सन्चालन गर्दै आउनुभएको छ । मोहन न्यौपाने नेतृत्वका युवा व्यवसायीहरु साझा व्यवसायीक संयुक्त समावेशी प्यानल खडा गरी उद्योगी व्यवसायीहरुका समस्या बुझ्दै आफ्ना २० बुँदे घोषणा पत्र लिएर व्यवसायीको मत बिस्लेषण गर्नमा व्यस्त हुनुहुन्छ ।

यस्ता छन् न्यौपाने नेतृत्वका युवा सारथीहरु 
पटक पटक संघको विभिन्न पदमा रहेर काम गरेका सामाजिक व्यक्ति विरेन्द्र खाँण बरिष्ठ उपाध्यक्ष पदको उम्मेद्वार हुनुहुन्छ । उहाँले चार नम्बरमा महाकाली पेट्रोल पम्प, थ्री स्टार ग्रिल, कपिलवस्तु आल्मुनियम र दर्शन मल्टि अटो भिलेज अटो ल्याण्ड सन्चालन गर्दै आउनुभएको छ ।उद्योग उपाध्यक्ष पदका उम्मेद्वार रविन्द्र पौडेलले द गार्डेन होटल एण्ड रेष्टुरेण्ट चार नम्बर, आर एण्ड बि कन्ट्रक्सन एण्ड फर्निसिङ प्रा.लि. बनगाई, चार नम्बरमै आर आर ईन्टरप्राईजेज सन्चालन गर्दै हाउनुभएको छ भने घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा कपिलवस्तुका महासचिव, नेपाल उद्योग तथा व्यवसायी महासंघ कपिलवस्तुको अध्यक्ष, होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तु को जिम्मेवारी समेत सम्हालिराख्नु भएको छ ।

वाणिज्य उपाध्यक्ष पदका उम्मेद्वार नारायण पौडेलले सिद्धार्थ ट्रेडर्स (हिरो सोरुम) चार नम्बर, ईन्डोफर्म ट्रयाक्टर, सत्यवती ईन्फास्ट्रक्चर प्रा.लि.बरवा सन्चालन गर्नुभएको छ भने ज्ञानपुञ्ज बोर्डिङ्ग स्कुल राजपुर का अध्यक्ष, लायन्स क्लव अफ कपिलवस्तुका उपाध्यक्ष, लुम्बिनी अटोमोवाईल एसोसियसन अफ नेपाल लुम्बिनी प्रदेश कोषाध्यक्ष, कपिलवस्तु कृषि सहकारी संस्था लि.का कोषाध्यक्ष पदमा रहि आफ्नो जिम्मेवारी सम्हाल्दै हुनुहुन्छ ।

एसोसियट उपाध्यक्ष पदका उम्मेद्वार बुद्धिराम पौडेल हिलबर्ट ईङ्गलीस बोर्डिङ्ग स्कुल पिपराका प्रबन्ध निर्देशक, लायन्स क्लव अफ कपिलवस्तुका डाईरेक्टर, नगर खेलकुद विकास समिति सदस्य हुनुहुन्छ भने एक कार्यकाल संघको सदस्य रहनुभएको छ ।

त्यस्तै वस्तुगत उपाध्यक्ष पदका उम्मेद्वार रनेन्द्र सेन कपिलवस्तु वन पैदावार उद्योग व्यवसायी संघको अध्यक्ष हुनुहुन्छ, गजेहडामा निष्ठा काष्ठ उद्योग सन्चालन गर्नुभएको छ भने २ कार्यकाल संघको सदस्य रहि ४ वटा महोत्सवमा सुरक्षा संयोजकको जिम्मेवारी कुशलतापुर्वक सम्पन्न गर्नुभएको छ ।

महिला उपाध्यक्ष पदका उम्मेद्वार पबित्रा कस्मेटिक एण्ड फेन्सी स्टोर्सका सञ्चालन गर्नुभएको छ भने कपिलवस्तु हाट बजार व्यवसायी समितिका अध्यक्ष र श्री बिनायक बचत तथा ऋण सहकारी संस्था लि.का सदस्यको भुमिका रहनुभएको छ ।

यता महासचिव पदका उम्मेद्वार मदन पौडेल सबै भन्दा कान्छा उम्मेद्वारको रुपमा छन् । उहाँले कोरोना संक्रमणको समयमा उद्योग वाणिज्य संघले आयोजना गरेका २ वटा महोत्सवमा स्टल संयोजकको जिम्मेवारी पुरा गरि अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपुर्ण योगदान गर्नुभएको छ । युवा व्यवसायी पौडेलले बोडगाउँमा माउण्ट एभरेष्ट ट्रेड लिंक सप्लायर्स, बाणगंगा सःमिल तथा फर्निचर उद्योग, माउण्ट एभरेष्ट काष्ठ तथा फर्निचर सप्लायर्स सञ्चालन गर्दै आउनुभएको छ । त्यस्तै हाल कपिलवस्तु उद्योग वाणिज्य संघका क्षेत्रगत सदस्य रहेका उहाँ कपिलवस्तु जेसीजका पुर्व महा–सचिव पनि भईसक्नुभएको छ ।

सचिव पदका उम्मेद्वार दामोदर पन्थी लायन्स क्लव अफ कपिलवस्तुका सह सचिव, सुपा देउराली माता मन्दिर व्यबस्थापन समितिका लेखा संयोजक, सुपा देउराली कृषि सहकारी संस्था लि.का कोषाध्यक्ष, पिपरा कोठि महिला सेवा सामुदायिक वन उपभोक्ता समुहको अनुगमन समिति सदस्य हुनुहुन्छ । त्यस्तै युवा व्यवसायी पन्थीले २ कार्यकाल कपिलवस्तु उद्योग वाणिज्य संघको क्षेत्रगत सदस्य, ३ वटा महोत्सवमा खानेपानी तथा सरसफाई उप समिति संयोजकको भुमिका निर्वाह गरिसक्नुभएको छ । उहाँले पिपरामा पन्थी ईलेक्ट्रीकल्स र शुभम् कृषि तथा नर्सरी फर्म सञ्चालन गर्दै आउनुभएको छ ।

त्यस्तै कोषाध्यक्ष पदका उम्मेद्वार धिरज खनाल के.एच.डी. किराना पसल तथा के.एच.डी.निर्माण सेवा सञ्चालन गर्नुभएको छ भने लायन्स क्लव अफ कपिलवस्तुको डाईरेक्टर तथा कपिलववस्तु उद्योग वाणिज्य संघको एक कार्यकाल क्षेत्रगत सदस्य भुमिका निर्वाह गरिसक्नुभएको छ ।

सह–कोषाध्यक्ष श्रीकृष्ण प्रसाद गैरे पिपरामा न्यु गैरे मदिरा पसल, न्यु सुपा देउराली काष्ठ तथा फर्निचर उद्योग सञ्चालन गर्दै आउनुभएको छ भने दिगो बचत तथा ऋण सहकारी संस्था लि.का कोषाध्यक्ष, बाणगंगा खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अनुगमन समिति संयोजक, मदिरा व्यवसायी संघ कपिलवस्तुका सदस्य, कपिलवस्तु वन पैदावार उद्योग व्यवसायी संघका जिल्ला सदस्य, नेपाल उद्योग तथा व्यवसायी महासंघ कपिलवस्तुका उपाध्यक्ष, सुपा देउराली माता मन्दिर व्यबस्थापन समिति सदस्य हुनुहुन्छ ।

महिला सदस्य (खुल्ला) पदका उम्मे्वार मधु केसी कपिलवस्तु हाट बजार व्यवसायी समितिका उपाध्यक्ष, श्री विनायक बचत तथा ऋण सहकारी संस्था लि.का सदस्य हुनुहुन्छ ।

अर्की महिला सदस्य (खुल्ला) पदका उम्मेद्वार निर्मला अधिकारी पाण्डेले कोपवामा कृति मोटर पार्टस सञ्चालन गर्नुभएको छ ।

महिला सदस्य (खुल्ला) सकरामी थारु अनुष्का ब्युटी पार्लर बोडगाउँका सञ्चालन गर्दै आउनुभएको छ भने सौन्दर्य कला व्यवसायी संघ जिल्ला समिति कपिलवस्तुका कोषाध्यक्षको जिम्मेवारीमा हुनुहुन्छ ।

यसरी आफ्नो समुहलाई ५ दलीय गठबन्धनको नाममा चौतर्फी घेराबन्दीमा पार्न खोजे पनि बौद्धिक, शैक्षिक, सक्रिय युवाहरुको साथ र अग्रजहरुको सल्लाह सुझाव लिदै आफुहरु मैदानमा उत्रिएकाले घेराबन्दी तोड्ने तर नझुक्ने अध्यक्ष पदका उम्मेद्वार न्यौपानेले बताउनुभयो ।

 


प्रकाशित : २०८० माघ २४, बुधबार ०६:२१

Lumbini Darpan 2

लेखकबाट थप

  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
  • कपिलवस्तु १ मा एमालेको चुनावी सरगर्मी बढ्दो, चौधरीलाई जिताउन मतदाता उत्साहित
  • मधेशको समृद्धिसंगै देशको प्रगतिका लागि मेरो उम्मेद्वारी : विश्राम प्रसाद चौधरी
प्रतिक्रिया

यो पनि पढौँ

मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

नयाँ शैक्षिकसत्र आजदेखि सुरु

कपिलवस्तुमा लोकभजन चुड्का प्रतिष्ठानको दोस्रो अधिवेशन सम्पन्न ः अध्यक्षमा बल्वासे

जन्मदिनलाई सेवामा रूपान्तरण: बालगृहका बालबालिकासँग खुशी साट्दै रुपक

ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

आशा लघुवित्त बाणगंगाद्धारा विमा रकम हस्तान्तरण

काठमाडौँका पूर्व सीडीओ छवि रिजाल पक्राउ

कानुनविपरीत विज्ञापन नगर्न सञ्चारमाध्यमलाई आग्रह

भर्खरै


  • मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

  • सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

  • वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

  • जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

  • भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

  • नयाँ शैक्षिकसत्र आजदेखि सुरु

  • नेकपाले बनायो संविधान संशोधन कार्यदल

  • राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

  • सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech