लुदस, जीतपुर –
रक्तिम सांस्कृतिक अभियान बाणगंगा नगर भेलाले कल्पना भट्राईको अध्यक्षतामा १३ सदस्यीय रक्तिम बाणगंगा नगर समिति गठन गरेको छ । यस समितिलाई विभिन्न प्रमुख व्यक्तिहरुले शुभकामना व्यक्त गरेका छन् ।
उपाध्यक्षको जिम्मेवारी विमला श्रेष्ठलाई दिइएको छ । सचिवको पदमा एम्बीसा ढकाल, सह-सचिवमा सुनिता नेपाली र कोषाध्यक्षको जिम्मेवारीमा सुस्मिता पाण्डेले रहेका छन्। सदस्यहरूको सूचीमा हिम बहादुर सुनार, सुजता खनाल, शुभम पाण्डे, कल्पना कुमाल, खुसी थारु, सृष्टि भाट क्षेत्री, अस्मिता आचार्य, सागर बुढा क्षेत्री, अस्मिता आचार्य र सागर बुढा रहेका छन् ।
कार्यक्रमको प्रमुख अतिथि रक्तिम सांस्कृतिक अभियानका केन्द्रिय सदस्य मान बहादुर नेपाली रहेका थिए । यस अवसरमा उनले नयाँ नेतृत्वलाई शुभकामना व्यक्त गर्दै रक्तिम सांस्कृतिक अभियानको भैलो अभियानको २०८१ को सफलताको चर्चा गरे । उनले अभियानलाई जनमुखी , प्रभावकारी भएको र यसले सांस्कृतिक क्षेत्रको योगदानलाई महत्वपूणर् बनाएको बताएका थिए ।
साथै, कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (मसाल) का प्रवक्ता माधव भाट क्षेत्री र राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष राम प्रसाद बेल्वासे लगायतका नेताहरुले पनि नयाँ नेतृत्वलाई शुभकामना दिएका थिए।
कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानको भैलो अभियानले स्थानीय समुदायमा सकारात्मक प्रभाव पार्दै सांस्कृतिक संरक्षण र संवर्धनका क्षेत्रमा महत्वपूणर् योगदान पुर्याएको चर्चा गरिएको थियो।