ताजा अपडेट

जन्मदिनलाई सेवामा रूपान्तरण: बालगृहका बालबालिकासँग खुशी साट्दै रुपक

सर्वोच्चले दियो नेपाली कांग्रेसमा गगन थापा नेतृत्वलाई आधिकारिकता

बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न

लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता

४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज

रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर

ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

सुरक्षाकर्मीको गोली लागेर घाइते यादवको मृत्यु

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

बाणगंगामा शैक्षिक सफलता उत्सव: आवर विज्डम विद्यालयद्वारा एसईई टप विद्यार्थीलाई भव्य सम्मान

लुम्बिनी दर्पण २०८२ असार २१, शनिबार १४:०७
[sharethis-inline-buttons]

पूर्णचन्द्र परियार, जितपुर 

कपिलवस्तु लगाएत ,बाणगंगाको शिक्षा क्षेत्रमा एक नयाँ उत्साह थप्दै, आवर विज्डम आवासीय माध्यमिक विद्यालयले हालै सार्वजनिक एसईई परीक्षामा उत्कृष्ट सफलता हासिल गरेका आफ्ना विद्यार्थीहरुलाई भव्य सम्मानका साथ बधाइ प्रदान गरेको छ। शनिबार बिहान विद्यालय परिसरमा आयोजित विशेष समारोहले विद्यार्थी, अभिभावक र स्थानीय प्रतिनिधिहरुको मन जित्न सफल भयो।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले बाणगंगा नगरपालिकाको शैक्षिक उचाइ पछिल्ला वर्षहरुमा निकै माथि गएको उल्लेख गर्दै, “अबको चुनौती अझ राम्रो शैक्षिक पूर्वाधार र गुणस्तरीय शिक्षालाई दीर्घकालीन रूपमा संस्थागत बनाउनु हो,” भन्ने धारणा व्यक्त गरे।

नगर प्रवक्ता तथा वडा नम्बर २ का अध्यक्ष विष्णु प्रसाद पौडेलले पनि शैक्षिक रणनीतिमा नगरपालिकाले लिएको दृढ दृष्टिकोणबारे चर्चा गर्दै भने, “अब हाम्रा विद्यार्थीहरु उच्च शिक्षाका लागि अन्यत्र जानुपर्ने अवस्था छैन, बाणगंगाका विद्यालयहरुकै शैक्षिक स्तर देशमै प्रतिस्पर्धात्मक भइसकेका छन्।”

कार्यक्रममा विद्यालयका संस्थापक डोलकराम घिमिरे, अभिभावक प्रतिनिधिहरू पूर्णचन्द्र परियार, बुद्धिसागर बेल्वासे र मनोज पौडेल लगायतले विद्यार्थीहरुलाई उज्वल भविष्यको शुभकामना दिएका थिए।

विद्यालय संचालक समितिका अध्यक्ष उमानाथ पौडेलको अध्यक्षता, प्रमुख अतिथि विष्णु पन्थीको आतिथ्यता, स्वागत मन्तव्य शिक्षक कमला शर्मा तथा संचालन मावि संयोजक ताराप्रसाद पाण्डेले गरेका थिए।

विद्यालयका प्राचार्य नारायण शर्माले यो वर्षको एसईई परीक्षामा ३२ मध्ये ३० जना विद्यार्थी उत्तीर्ण हुन सफल भएको र यो उपलब्धि विद्यालयको शैक्षिक तथा भौतिक सुधार प्रयासको प्रतिफल भएको बताए। “हामीले शिक्षालाई केवल पाठ्यक्रममा सीमित नराखी समग्र विकासतर्फ उन्मुख बनाउँदै लगिरहेका छौं,” उनले भने।

सफल विद्यार्थीहरुलाई ट्रफी, प्रमाणपत्र तथा विभिन्न प्रेरणादायक पुरस्कारद्वारा सम्मान गरिएको यस कार्यक्रममा बाणगंगाको शैक्षिक भविष्यको उज्यालो झल्किएको देखिन्थ्यो। यस विद्यालयले देखाएको समर्पण र प्रतिबद्धता नगरको समग्र शैक्षिक धरातलको मापन गर्ने सूचक बन्न पुगेको छ।


प्रकाशित : २०८२ असार २१, शनिबार १४:०७

लुम्बिनी दर्पण

लेखकबाट थप

  • सर्वोच्चले दियो नेपाली कांग्रेसमा गगन थापा नेतृत्वलाई आधिकारिकता
  • लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता
  • ४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज
  • रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर
  • सुरक्षाकर्मीको गोली लागेर घाइते यादवको मृत्यु
प्रतिक्रिया

यो पनि पढौँ

जन्मदिनलाई सेवामा रूपान्तरण: बालगृहका बालबालिकासँग खुशी साट्दै रुपक

ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

आशा लघुवित्त बाणगंगाद्धारा विमा रकम हस्तान्तरण

तिलोत्तमामा विद्यालय मर्जर तथा कानुनी छात्रवृत्ति सम्बन्धी प्रतिवेदन हस्तान्तरण

काठमाडौँका पूर्व सीडीओ छवि रिजाल पक्राउ

कानुनविपरीत विज्ञापन नगर्न सञ्चारमाध्यमलाई आग्रह

आजदेखि सिनेमा हलमा ‘हामी तीन भाइ’

राष्ट्रिय बाणिज्य बैंकको RBB Foneloan सेवा सहज, एक लाख रुपैयाँसम्मको कर्जा उपभोग सकिने

बार एशोसिएसनका अध्यक्ष विजय मिश्र भन्छन्– ‘पक्राउ कानुनी शासन अनुसार भएन’

नव जागृति सामुदायिक वनमा नयाँ नेतृत्व चयन

उद्योग व्यापार संघ कपिलवस्तुको २ दिने कार्यशाला लुम्बिनीमा सुरु

भर्खरै

  • जन्मदिनलाई सेवामा रूपान्तरण: बालगृहका बालबालिकासँग खुशी साट्दै रुपक

  • सर्वोच्चले दियो नेपाली कांग्रेसमा गगन थापा नेतृत्वलाई आधिकारिकता

  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न

  • लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता

  • ४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज

  • रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर

  • ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

  • हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

  • सुरक्षाकर्मीको गोली लागेर घाइते यादवको मृत्यु

  • आशा लघुवित्त बाणगंगाद्धारा विमा रकम हस्तान्तरण


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech