ताजा अपडेट

पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत

महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

प्रधानमन्त्रीले गरे चारजना व्यवसायीसँग छलफल

बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार

“अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

लक्ष्मणघाट सामाजिक विकास केन्द्रको चौथो अधिवेशन सम्पन्न, सरिता थारुको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्य समिति चयन

Lumbini Darpan 1 २०८२ पुष २७, आईतवार ०६:५०
[sharethis-inline-buttons]

लुदस, कपिलबस्तु ।

लक्ष्मणघाट सामाजिक विकास केन्द्रको सातौँ साधारण सभा तथा चौथो अधिवेशन शनिबार सम्पन्न भएको छ। लक्ष्मणघाट बोलबम धाम विकास समितिको सभा हलमा आयोजित अधिवेशनबाट सरिता थारुको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत रूपमा चयन गरिएको हो।

नवगठित कार्य समितिको उपाध्यक्षमा अन्जित खनाल, सचिवमा दिनेश चौधरी, सहसचिवमा विरेन्द्र रेग्मी र कोषाध्यक्षमा मिना आले काउचा चयन हुनुभएको छ। यस्तै सदस्यहरूमा सिता थारु, मदन शर्मा, विनोद खनाल, विनोद रञ्जन, हुम बहादुर घर्ती मगर र कमल पौडेल चयन हुनुभएको छ।

कार्यक्रममा नवनिर्वाचित कार्य समितिलाई बधाई तथा शुभकामना दिँदै बाणगंगा नगरपालिकाकी उपप्रमुख रिता कुमारी चौधरीले संस्थाको उन्नति, प्रगति र यस क्षेत्रको समग्र विकासका लागि नगरपालिकाबाट निरन्तर सहयोग रहने बताउनुभयो। उहाँले आगामी दिनमा पनि सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाउँदै योजनाबद्ध ढंगले काम गर्दै संस्थाको आर्थिक पक्षलाई मजबुत बनाउन सुझाव दिनुभयो।

यस्तै कार्यक्रमका विशिष्ट अतिथि बाणगंगा नगरपालिका वडा नं। ६ का वडा अध्यक्ष करुण टण्डनले संस्थाले स्थानीयस्तरमा रोजगारी सिर्जना हुने खालका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले वडाबाट सम्भव हुने सबैखाले सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष थानेश्वर अधिकारीले संस्थाको दीर्घकालीन विकास र प्रगतिका लागि सधैँ साथ र सहयोग रहने प्रतिबद्धता जनाउनुभयो। साथै सचिव सरिता थारुले प्रस्तुत गर्नुभएको प्रगति प्रतिवेदन र कोषाध्यक्ष दिनेश चौधरीले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरिएको छ।

लक्ष्मणघाट सामाजिक विकास केन्द्रले स्थापनाकालदेखि नै यस क्षेत्रको सामाजिक, सांस्कृतिक तथा आर्थिक विकासमा निरन्तर योगदान दिँदै आएको छ। संस्थाले जिल्लामै पहिलो पटक भजन प्रतियोगिता, दुनाटपरी गाँस्ने प्रतियोगिता आयोजना गर्नुका साथै लक्ष्मणघाट पूर्णिमा मेलामा आयोजक तथा सहआयोजकको भूमिका निर्वाह गर्दै आएको छ। साथै स्थानीय तहसँग समन्वय गरी विभिन्न सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको संस्थाले आगामी दिनमा अझ प्रभावकारी सामाजिक विकासका कार्यक्रम अघि बढाउने नव निर्वाचित अध्यक्ष सरिता थारुले प्रतिबद्धता जनाउनुभयो ।


प्रकाशित : २०८२ पुष २७, आईतवार ०६:५०

Lumbini Darpan 1

लेखकबाट थप

  • महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा
  • प्रधानमन्त्रीले गरे चारजना व्यवसायीसँग छलफल
  • भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण
  • बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा
  • “अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा
प्रतिक्रिया

यो पनि पढौँ

पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत

महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

प्रधानमन्त्रीले गरे चारजना व्यवसायीसँग छलफल

बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार

“अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद

संस्थालाई थप व्यवस्थित र विस्तार गर्दै महाधिवेशन भव्य बनाऔँ’ : अध्यक्ष खनाल

कृष्ण जन्माष्टमी विशेष : बनगाईको कल्याणेश्वरमा भव्य भजन सन्ध्याको तयारी, दाताको सहयोग बाढीपीडितलाई

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक

भर्खरै

  • पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत

  • महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

  • प्रधानमन्त्रीले गरे चारजना व्यवसायीसँग छलफल

  • बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

  • भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

  • बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

  • प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार

  • “अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

  • एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद

  • संस्थालाई थप व्यवस्थित र विस्तार गर्दै महाधिवेशन भव्य बनाऔँ’ : अध्यक्ष खनाल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech