ताजा अपडेट

लक्ष्मणघाट सामाजिक विकास केन्द्रको ६ महिने कार्ययोजना सार्वजनिक, माघमा ‘गन्धर्व गुञ्जन’ कार्यक्रम हुँदै

बनगाईमा ११औँ बनगाई कला तथा सांस्कृतिक कार्यक्रम हुँदै, स्थानीयदेखि राष्ट्रिय कलाकारको प्रस्तुति रहने

चीन भ्रमणमा जान लागेको रास्वपा सांसदको टोलीसँग प्रधानमन्त्री शाहले गरे छलफल

छठ पर्व सुरु, आज पहिलो दिन ‘नहाय–खाय’ गरिँदै

न राँकोको उज्यालो बिर्सियो, न देउसीको भाका : बाल्यकालको तिहार अझै आँखामा

आज भाइटीका, उत्तम साइत बिहान ११ः०७ बजे

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

लक्ष्मणघाट सामाजिक विकास केन्द्रको ६ महिने कार्ययोजना सार्वजनिक, माघमा ‘गन्धर्व गुञ्जन’ कार्यक्रम हुँदै

Lumbini Darpan 1 २०८३ कार्तिक २८, शनिबार १६:३७

जितपुर । लक्ष्मणघाट सामाजिक विकास केन्द्रले आगामी माघ महिनामा बाणगङ्गा नगरपालिका–६, लक्ष्मणघाटमा आगामी माघ पहिलो हप्ता ‘गन्धर्व गुञ्जन’ कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रममा गन्धर्व समुदायको मौलिक कला, संस्कृति, परम्परा र लोकसंगीतको संरक्षण, संवर्द्धन तथा पुस्तान्तरण गर्ने उद्देश्यले विभिन्न सांस्कृतिक प्रतियोगिताका साथै राष्ट्रियस्तरका ख्यातिप्राप्त कलाकारहरूको विशेष सांगीतिक प्रस्तुति रहनेछ।
यसले गन्धर्व समुदायको पहिचान उजागर गर्नुका साथै लोपोन्मुख मौलिक लोकसंस्कृतिको जगेर्ना र नयाँ पुस्तामा यसको हस्तान्तरणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। संस्थाको आज सम्पन्न बैठकले उक्त कार्यक्रमसहित आगामी छ महिनाका लागि विभिन्न सामाजिक, स्वास्थ्य तथा सांस्कृतिक गतिविधि सञ्चालन गर्ने निर्णय गरेको हो।

संस्थाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक अन्जित खनालका अनुसार बैठकले संस्थाका विगतका गतिविधिको समीक्षा गर्दै आगामी छ महिनाको कार्ययोजना निर्माण गरेको छ। कार्ययोजनाअन्तर्गत यही मंसिर महिनाको तेस्रो साता मुटुसम्बन्धी स्वास्थ्य शिविर सञ्चालन गर्ने निर्णयसमेत गरिएको छ।

त्यसैगरी, यही मंसिर ८ देखि १० गतेसम्म लक्ष्मणघाटमा आयोजना हुने लक्ष्मणघाट पूर्णिमा मेला तथा विविध सांस्कृतिक कार्यक्रमलाई भव्य रूपमा सम्पन्न गर्न संस्थाले आवश्यक सहयोग र सहकार्य गर्ने निर्णय गरेको छ।

बैठकले संस्थाको आयोजनामा बाणगङ्गा नगरपालिका–६ मा प्रथम मेयर कप क्रिकेट प्रतियोगिता सञ्चालन गर्ने विषयमा समेत छलफल गर्दै नगरपालिकासँग समन्वय तथा सहकार्यका लागि पहल गर्ने निर्णय गरेको छ। उक्त कार्यको जिम्मेवारी सस्थाका उपाध्यक्ष अन्जित खनाल, सहसचिव वीरेन्द्र रेग्मी, कार्यसमिति सदस्य विनोद खनाल र कमल पोख्रेललाई दिइएको छ।

संस्थाकी अध्यक्ष सरिता थारुले सामाजिक, सांस्कृतिक, स्वास्थ्य तथा खेलकुदका माध्यमबाट समुदायको एकता, सहभागिता र सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले आगामी कार्ययोजना निर्माण गरिएको बताइन्।

संस्थाकी अध्यक्ष सरिता थारुको अध्यक्षतामा सम्पन्न बैठकमा संस्थाका निवर्तमान अध्यक्ष थानेश्वर अधिकारीको सहजीकरण तथा आतिथ्यता रहेको थियो। सचिव दिनेश चौधरीले सञ्चालन गरेको बैठकबारे उपाध्यक्ष तथा कार्यक्रम संयोजक अन्जित खनालले जानकारी दिएका हुन्।

स्वास्थ्य, संस्कृति, कला र खेलकुदलाई प्राथमिकतामा राख्दै निर्माण गरिएको कार्ययोजनाले लक्ष्मणघाट क्षेत्रको सामाजिक तथा सांस्कृतिक गतिविधिलाई थप सक्रिय बनाउने अपेक्षा गरिएको छ।


प्रकाशित : २०८३ कार्तिक २८, शनिबार १६:३७

Lumbini Darpan 1

लेखकबाट थप

  • चीन भ्रमणमा जान लागेको रास्वपा सांसदको टोलीसँग प्रधानमन्त्री शाहले गरे छलफल
  • छठ पर्व सुरु, आज पहिलो दिन ‘नहाय–खाय’ गरिँदै
  • न राँकोको उज्यालो बिर्सियो, न देउसीको भाका : बाल्यकालको तिहार अझै आँखामा
  • आज भाइटीका, उत्तम साइत बिहान ११ः०७ बजे
  • समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट
प्रतिक्रिया

यो पनि पढौँ

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

मनिषा खनालको अभिनयमा ‘ए म त परदेशी’ सार्वजनिक, दसैँमा घर सम्झिने परदेशी नेपालीको भावनात्मक कथा (भिडियोसहित)

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान कपिलवस्तुलाई ‘उत्कृष्ट जिल्ला नेतृत्व–२०८३’ बाट सम्मान

प्रधानसेनापति सिग्देलले गरे बेलायती सेनाका प्रमुखसँग भेट

मुगुमा पहिरोले बोलेरो जीप पुरियो, मानवीय क्षति भएन

पशुपति मन्दिर प्रवेशको भिडियो प्रकरणमा दम्पती पक्राउ

नेपाली सेनाका ३२ जिल्लाका ब्यारेकमा अब डीडीसीका दुग्धजन्य पदार्थ

३५ वर्षमुनिको कोटामा गौरव भण्डारीको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित

एमालेले बोलायो स्थायी कमिटी, वरिष्ठ नेताका रुपमा विद्या भण्डारी सहभागी हुँदै

भर्खरै

  • लक्ष्मणघाट सामाजिक विकास केन्द्रको ६ महिने कार्ययोजना सार्वजनिक, माघमा ‘गन्धर्व गुञ्जन’ कार्यक्रम हुँदै

  • बनगाईमा ११औँ बनगाई कला तथा सांस्कृतिक कार्यक्रम हुँदै, स्थानीयदेखि राष्ट्रिय कलाकारको प्रस्तुति रहने

  • चीन भ्रमणमा जान लागेको रास्वपा सांसदको टोलीसँग प्रधानमन्त्री शाहले गरे छलफल

  • छठ पर्व सुरु, आज पहिलो दिन ‘नहाय–खाय’ गरिँदै

  • न राँकोको उज्यालो बिर्सियो, न देउसीको भाका : बाल्यकालको तिहार अझै आँखामा

  • आज भाइटीका, उत्तम साइत बिहान ११ः०७ बजे

  • समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech