ताजा अपडेट

पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत

महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

प्रधानमन्त्रीले गरे चारजना व्यवसायीसँग छलफल

बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार

“अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

सांस्कृतिक एकता र पर्यटन प्रवर्द्धनको सन्देशसहित बाणगंगामा माघी महोत्सव

Lumbini Darpan 1 २०८२ पुष २९, मंगलवार १९:३८
[sharethis-inline-buttons]

लुदस, बाणगंगा । कपिलवस्तुको बाणगंगा नगरपालिका–२ लखनपारामा धनकौलीको पूर्वतर्फ ७ औँ बाणगंगा नगरस्तरीय माघी खिचडी महोत्सव आयोजना हुने भएको छ। थारु कल्याणकारिणी सभा बाणगंगा नगर कार्यसमितीको आयोजनामा हुने उक्त महोत्सव माघ २ गतेदेखि ४ गतेसम्म सञ्चालन हुनेछ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत महोत्सवको तयारी तथा कार्यक्रमबारे जानकारी गराइएको हो। पत्रकार सम्मेलनमा बोल्दै थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य उमाशंकर चौधरीले माघी पर्व विभिन्न समुदायबीच घुलमिल हुने साझा पर्व भएकाले यसले नेपाली समाजमा एकताको सन्देश दिने बताउनुभयो।

उहाँका अनुसार थारु समुदायले माघी पर्वलाई नयाँ वर्षका रूपमा मनाउँदै आएको छ। यस वर्ष थारु संवत् २६४८ लाई विदाइ गर्दै २६४९ लाई भव्य रूपमा स्वागत गर्ने तयारी गरिएको उहाँले जानकारी दिनुभयो। माघी महोत्सव थारु समुदायको मौलिक पहिचान झल्काउने महत्वपूर्ण अवसर भएको उल्लेख गर्दै, हराउँदै गएका थारु संस्कार, संस्कृति र परम्पराको संरक्षणमा महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका अध्यक्ष डिलाराम भुसालले माघी महोत्सवले सामाजिक सद्भाव, सांस्कृतिक संरक्षण तथा पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो। यस्ता सांस्कृतिक महोत्सवहरूले समुदायबीच एकता बढाउनुका साथै स्थानीय पर्यटन विकासमा समेत सहयोग पुग्ने उहाँको भनाइ थियो।

थारु कल्याणकारिणी सभा बाणगंगाका कार्यवाहक अध्यक्ष ऋषिराम थारुले थारु संस्कृति, परम्परा र पहिचानको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको जानकारी दिनुभयो। उहाँका अनुसार महोत्सवको उद्घाटन थारु कल्याणकारिणी सभाका केन्द्रीय उपाध्यक्ष विश्राम प्रसाद थारुले गर्नुहुनेछ।

महोत्सवको पहिलो दिन माघ २ गते बिहान रक्तदान कार्यक्रम आयोजना गरिनेछ। साथै शैक्षिक सत्र २०८१र८२ मा एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी तथा नेपाल सरकारबाट अवकाश प्राप्त कर्मचारीलाई सम्मान गरिनेछ।

महोत्सवमा थारु सांस्कृतिक झाँकी ¥याली, विविध सांस्कृतिक प्रस्तुति, थारु खानपानको प्रदर्शनी तथा बिक्री, थारु सीप तथा हस्तकलाको प्रदर्शन लगायत कार्यक्रमहरू समावेश गरिनेछन्। यसैगरी झुमरा, झर्रा, लाठी नाच, मयूर नाच, सजनी–विरहनी गीत तथा रेकर्ड डान्स जस्ता थारु संस्कृतिलाई झल्काउने आकर्षक नृत्य तथा सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिने आयोजकले जनाएको छ।

कार्यक्रमको सञ्चालन नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य सरिता थारुले गर्नुभएको थियो।


प्रकाशित : २०८२ पुष २९, मंगलवार १९:३८

Lumbini Darpan 1

लेखकबाट थप

  • महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा
  • प्रधानमन्त्रीले गरे चारजना व्यवसायीसँग छलफल
  • भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण
  • बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा
  • “अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा
प्रतिक्रिया

यो पनि पढौँ

पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत

महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

प्रधानमन्त्रीले गरे चारजना व्यवसायीसँग छलफल

बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार

“अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद

संस्थालाई थप व्यवस्थित र विस्तार गर्दै महाधिवेशन भव्य बनाऔँ’ : अध्यक्ष खनाल

कृष्ण जन्माष्टमी विशेष : बनगाईको कल्याणेश्वरमा भव्य भजन सन्ध्याको तयारी, दाताको सहयोग बाढीपीडितलाई

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक

भर्खरै

  • पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत

  • महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

  • प्रधानमन्त्रीले गरे चारजना व्यवसायीसँग छलफल

  • बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

  • भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

  • बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

  • प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार

  • “अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

  • एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद

  • संस्थालाई थप व्यवस्थित र विस्तार गर्दै महाधिवेशन भव्य बनाऔँ’ : अध्यक्ष खनाल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech