ताजा अपडेट

हिल्बर्ट स्कुलको १६ औँ स्थापना दिवस: १३ सय बढी विद्यार्थी स्टेज चढे, १ सयले कार्यक्रम चलाए

दक्षिणी क्षेत्रमा पनि एमालेप्रति जनसमर्थन बलियो छ : विश्राम प्रसाद चौधरी

कपिलवस्तुका तीन स्थानमा विष्फोटक पदार्थ राख्ने बाणगंगाका एक व्यक्ति पक्राउ

“सूर्यसँग समृद्धिको संकल्प” विश्राम प्रसाद थारुको जनतासँग प्रतिवद्धता

बजरंगी कुर्मीको राजीनामाले तरङ्ग, स्वतन्त्रका शर्माको पकड बलियो बन्दै

महाशिवरात्रीमा तौलेश्वरनाथ मन्दिरमा १ लाख ३२ हजार भेटी संकलन

राष्ट्रिय जनमोर्चाको चुनावी अभियान तीव्र ,१५ बुँदे चुनावी घोषणापत्र सार्वजनिक

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढ्यो

कपिलवस्तु–१ मा निर्वाचन गतिविधि तीव्र बनाउने एमालेको निर्णय

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

लक्ष्मणघाट बोलबम धाममा माघे सक्रान्तिको अवसरमा भव्य स्नान तथा खिचडी प्रसाद वितरण

Lumbini Darpan 1 २०८२ माघ १, बिहीबार १८:२३
[sharethis-inline-buttons]

सरिता थारु, कपिलबस्तु ।

बाणगंगा नगरपालिका वडा नं। ६ स्थित धार्मिक तथा ऐतिहासिक स्थल लक्ष्मणघाट बोलबम धाममा माघे सक्रान्तिको अवसरमा आज बिहानैदेखि स्नान तथा दर्शन गर्ने भक्तजनहरूको उल्लेख्य भीड लागेको थियो।

श्री लक्ष्मणघाट बोलबम धाम विकास समितिको आयोजनामा माघ १ गते माघी स्नान तथा माघी महोत्सव कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको हो। माघे सक्रान्तिको पावन अवसरमा देशका विभिन्न स्थानबाट आएका भक्तजनहरूले लक्ष्मणघाटमा स्नान गरी दर्शन गरेका थिए।

आगन्तुक भक्तजनहरूको स्वास्थ्य र सुविधालाई ध्यानमा राख्दै धाम परिसरमा माघी स्नानको उचित व्यवस्थासँगै आगो ताप्ने व्यवस्था, निःशुल्क चिया–कफी वितरण, माघ महिनाको विशेष खिचडी प्रसाद वितरण, तथा दिनभर भजन–कीर्तन कार्यक्रम सञ्चालन गरिएको थियो।

कार्यक्रम सफल बनाउन विभिन्न दाताहरूको उल्लेखनीय सहयोग रहेको थियो। ग्लोबल डेरी प्रा।लि। इमिलियाबाट १०० लिटर दूध,कोइलिबनगाईका धिरु खनाल र हेमराज खनाल बाट चिनी, कफी र चियापत्ती, तथा बिहानी उद्यमी महिला सहकारी कोपवाबाट ३ केजी घिउ सहयोग प्राप्त भएको थियो। साथै अन्य दाताहरूबाट नगद सहयोग समेत प्रदान गरिएको विकास समितिले जनाएको छ।

धाम विकास समितिका अध्यक्ष रणबहादुर काउचाले माघे सक्रान्तिको अवसरमा विगतदेखि नै भक्तजनहरूको सुविधालाई मध्यनजर गर्दै खिचडी प्रसाद वितरण तथा निःशुल्क चिया–कफीको व्यवस्था गर्दै आइएको बताउनुभयो। उहाँले सबै सहयोगी दाता, स्वयंसेवक तथा भक्तजनप्रति धन्यवाद व्यक्त गर्नुभयो।

धार्मिक आस्था, सामाजिक सहकार्य र सांस्कृतिक संरक्षणको उदाहरणका रूपमा लक्ष्मणघाट बोलबम धाममा सम्पन्न माघी स्नान स्थानीयवासी सहित सम्पूर्ण भक्तजनमा उत्साह र श्रद्धा थपेको छ।


प्रकाशित : २०८२ माघ १, बिहीबार १८:२३

Lumbini Darpan 1

लेखकबाट थप

  • कपिलवस्तुका तीन स्थानमा विष्फोटक पदार्थ राख्ने बाणगंगाका एक व्यक्ति पक्राउ
  • “सूर्यसँग समृद्धिको संकल्प” विश्राम प्रसाद थारुको जनतासँग प्रतिवद्धता
  • महाशिवरात्रीमा तौलेश्वरनाथ मन्दिरमा १ लाख ३२ हजार भेटी संकलन
  • पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढ्यो
  • कपिलवस्तु–१ मा निर्वाचन गतिविधि तीव्र बनाउने एमालेको निर्णय
प्रतिक्रिया

यो पनि पढौँ

हिल्बर्ट स्कुलको १६ औँ स्थापना दिवस: १३ सय बढी विद्यार्थी स्टेज चढे, १ सयले कार्यक्रम चलाए

कपिलवस्तुका तीन स्थानमा विष्फोटक पदार्थ राख्ने बाणगंगाका एक व्यक्ति पक्राउ

“सूर्यसँग समृद्धिको संकल्प” विश्राम प्रसाद थारुको जनतासँग प्रतिवद्धता

बजरंगी कुर्मीको राजीनामाले तरङ्ग, स्वतन्त्रका शर्माको पकड बलियो बन्दै

महाशिवरात्रीमा तौलेश्वरनाथ मन्दिरमा १ लाख ३२ हजार भेटी संकलन

राष्ट्रिय जनमोर्चाको चुनावी अभियान तीव्र ,१५ बुँदे चुनावी घोषणापत्र सार्वजनिक

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढ्यो

कपिलवस्तु–१ मा निर्वाचन गतिविधि तीव्र बनाउने एमालेको निर्णय

शिवरात्रिको अवसरमा लक्ष्मणघाट बोलबम धाममा भक्तजनहरूको भीड

विश्राम प्रसाद चौधरीको अपिल : “सीपयुक्त युवा, आत्मनिर्भर समाज” निर्माणको प्रतिबद्धता

टी–२० विश्वकप क्रिकेट : नेपालले आज वेस्ट इन्डिजसँग खेल्दै

६६ जिल्लाको मतपत्र छपाई सम्पन्न, १२ वटा जिल्लामा ढुवानी

भर्खरै

  • हिल्बर्ट स्कुलको १६ औँ स्थापना दिवस: १३ सय बढी विद्यार्थी स्टेज चढे, १ सयले कार्यक्रम चलाए

  • दक्षिणी क्षेत्रमा पनि एमालेप्रति जनसमर्थन बलियो छ : विश्राम प्रसाद चौधरी

  • कपिलवस्तुका तीन स्थानमा विष्फोटक पदार्थ राख्ने बाणगंगाका एक व्यक्ति पक्राउ

  • “सूर्यसँग समृद्धिको संकल्प” विश्राम प्रसाद थारुको जनतासँग प्रतिवद्धता

  • बजरंगी कुर्मीको राजीनामाले तरङ्ग, स्वतन्त्रका शर्माको पकड बलियो बन्दै

  • महाशिवरात्रीमा तौलेश्वरनाथ मन्दिरमा १ लाख ३२ हजार भेटी संकलन

  • राष्ट्रिय जनमोर्चाको चुनावी अभियान तीव्र ,१५ बुँदे चुनावी घोषणापत्र सार्वजनिक

  • पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढ्यो

  • कपिलवस्तु–१ मा निर्वाचन गतिविधि तीव्र बनाउने एमालेको निर्णय

  • शिवरात्रिको अवसरमा लक्ष्मणघाट बोलबम धाममा भक्तजनहरूको भीड


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech